छार्कामा उम्मेद्वारी दिन गएका युवा मरणासन्न कुटिए, प्रशासन भन्छ घटनाबारे थाहा छैन्

सुर्खेत , १३ वैशाख ः डोल्पाको छार्काताङसोङ गाउँपलिका वडा नम्वर ५ को पिम्री गाउँमा एकजना स्थानीयमाथि निर्घात कुटपिट भएको छ ।

सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दिन भनेर आएका स्थानीय धावा गुरूङमाथि पूर्व तथा हाल निर्विरोध चुनिएका वडा अध्यक्ष सोनाम साङवो गुरुङले युवाहरू लगाएर ढुंगाले निर्घात कुटपिट गरेको एक स्थानीयले बताए । अध्यक्ष गुरूङले बाटोमा हिडिरहेको स्थानीयलाइ किन कुटपिट गरे भन्नेवारे खुलेको छैन ।तर,आफू विरूद्दको वडाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको स्थानीयको आशंका छ ।

घाइते धावाले उम्मेदवारी दर्ता समेत गर्न पाएनन् । कुटपिटबाट घाइते स्थानीय धावाको टाउकोमा गहिरो चोट लागेको र उपचारसम्म नपाएको स्थानीयले जानकारि दिए । यसबारे प्रहरी प्रशासनसँग बुझ्दा अहिलेसम्म पनि बेखवर छ ।
घटना बारे प्रजिअ बेदनिधि अधिकारीसँग बुझ्दा कुनै जानकारी नभएको बताए ।





error: Content is protected !!