बाघी उम्मेदवारलाइ फकाउनै हैरान ः प्रमख पदमा उम्मेदवारी बढी

हेमन्त केसी
सुर्खेत / गठबन्धनबाट उम्मेदवार भएकाहरुलाइ बाघी उम्मेदवार बनेर मनोनयन दर्ता गरेकाहरुलाइ मनाउनै मुस्किल भएको छ । पार्टीले अधिकारिक रुपमा टिकट नदिएरै बाघी उम्मेदवारी दिएका हरुलाइ आधिकारिक उम्मेदवारले मनाउन हम्मेहम्मे परेको हो ।
सत्तासिन दलहरुले भागबण्डा टुंगो लगाएर पार्टीको तर्फबाट उम्मेदवारको नाममा टिकट पठाउन समय लगाएका कारण अधिकांश ठाउँमा बाघी उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । केही ठाउँमा भने आधिकारिक उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जाजरकोटको बारेकोट , जुनिचाँदे र छेडाडगाड बाहेक अधिकांश ठाउँमा बाघी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिम र सुर्खेतमा गठबन्धन दलहरुको बीचमा सहमति नै हुन सकेको थिएन ।

यहाँ सत्तारुढ दलहरुले छुटाछुटै मनोनयन दर्ता गराएका थिए । बाँकी ८ जिल्लामा अधिकांश ठाउँमा  बाघी उम्मेदवारको संख्य धेरै रहेको मुख्य निर्बाचन अधिकृको कार्यालय ले जनाएको छ । नेकपा एमालेबाट उम्मेदवार भएको ठाउँमा बागी परेको छैन । पार्टीले टिकट दिएको व्यक्तिले नै उम्मेदवारी दिएको पाइएको छ । बाघी उम्मेदवारी दिनेमा नेपाली कांग्रेस अगाडी रहेको छ । आधिकारिक उम्मेदवारले बागी उम्मेदवार भएका व्यक्तिलाइ फकाउदै समय लाग्ने गरेको बताएका छन् । यत्ता प्रदेश इन्चार्ज र सभापतिहरुले बागीलाइ तत्काल उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरुको संख्य समेत बढी रहेको छ ।


कर्णाली प्रदेशका १० जिल्लामा १६३ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अध्यक्षमा ३०० जना र उपाध्यक्षमा २७६ जनाले उम्मेदवारी दिएका छन् । सबै तहमा जम्मा १२ हजार ८ सय ४८ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । कर्णाली प्रदेशमा प्रमुख भन्दा उपप्रमुखमा कमको उम्मेदवारी परेको छ ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष भन्दा उपाध्यक्षमा समेत कम उम्मेदवारी परेको पाइएको छ । निर्बाचन आयोगले बैशाख १३ गते विहान १० ः १५ बजे निकालेको सूचनामा यो कुरा उल्लेख गरिएको छ । सल्यानमा प्रमुखमा १५ जना , उपप्रमुखमा १७ जना , अध्यक्षमा ३७ जना , उपाध्यक्षमा ३५ जना र वडाध्यक्षमा ३६४ जनाले उम्मेदवारी दिएका छन् ।

डोल्पामा प्रमुखमा १२ , उपप्रमुखमा १५ , अध्यक्षमा ११, उपाध्यक्षमा ११ र वडाअध्यक्ष १६५ जनाले उम्मेदवारी दिएको निर्बाचन आयोगले जनाएको छ । मुगुमा प्रमुखमा ८ जना , उपप्रमुखमा ६ जना , अध्यक्षमा १२ जना , उपाध्यक्षमा ७ जना र वडाध्यक्षमा १२७ जनाले उम्मेदवारी दिएका छन् । जुम्लामा प्रमुखमा ९ जना , उपप्रमुखमा ८ , अध्यक्षमा ५० , उपध्याक्षमा ५० र वडाध्यक्ष ३३२ जनाले उम्मेदवारी दर्ता गराएको पाइएको छ । त्यस्तै कालीकोटमा प्रमुखमा १४ , उप्रमुखमा ११ , अध्यक्षमा ५२ , उपाध्यक्षमा ४६ र वडाध्यक्षमा ४०२ जनाले उम्मेदवारी दिएका छन् ।

हुम्लामा प्रमुखमा जिरो , उपप्रमुखमा जिरो र अध्यक्षमा २९ र उपाध्यक्षमा ३५ र वडाध्यक्षमा १६७ जनाले उम्मेदारी दिएका छन् । जाजरकोटमा प्रमुखमा १५ , उपप्रमुखमा १२ र अध्यक्षमा १८ ,उपाध्यक्षमा १८ जनाले , वडाध्यक्षमा ३०० जनाले उम्मेदवारी दिएका छन् । दैलेखमा प्रमुखमा २६ , उपप्रमुखमा २६ , अध्यक्षमा ५० , उपाध्यक्ष ३९ र वडाध्यक्षमा ४७० जनाले उम्मेदवारी दिएका छन् ।

सुर्खेतमा प्रमुखमा ४८ , उपप्रमुखमा ४१ , अध्यक्षमा २३ , उपाध्यक्षमा २३ र वडाध्यक्ष ४९९ जनाले उम्मेदवारी दिएका छन् । रुकुम पश्चिममा प्रमुखमा १६ ,उपप्रमुखमा १२ , अध्यक्षमा १८ , उपाध्यक्षमा १२ र वडाध्यक्षमा २२७ जनाले मनोनयन दर्ता गरेका छन् । कर्णाली प्रदेशमा ७९ स्थानीयत तह रहेका छन् । बाघी उम्मेदवारहरुले वैशाख १६ सम्मा उम्मेदारी फिर्ता लिने समय रहेको छ । नेपाली कांग्रेस , नेकपा ( माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजवादी)का प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुले बागी उम्मेदवारी दिएका व्यक्तिले तुरुन्तै फिर्ता लिन आग्रह गरेका छन् ।





error: Content is protected !!