वीरेन्द्रनगरमा ढकाल र खनालले गराए मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेबाट मेयर र उपमेयर पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयर पदका उम्मेदवार मोहनमाया ढकाल र उपमेयरका उम्मेदवार निलकण्ठ खनालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारहरु दलबल, बाजागाजासहित पुगेको वीरेन्द्रनगरको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मेयरका पदका उम्मेदवार ढकालले प्रदेश राजधानीको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् ।










