पत्रकार धमलाले कारबाही स्वरुप लिए आचारसंहिता कक्षा

आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ ।
जहाजमा जबर्जस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रुपमा लिइ काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखिकरण कक्षामा सहभागी गराएको जनाएको छ ।










