चुनावको नजिक लगाईने राजनीतिक आरोपलाई अन्तिम सत्य नमान्न नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोटको आग्रह

जाजरकोट ः स्थानीय कार्यकर्ताहरुले लगाएको राजनीतिक आरोपलाई अन्तिम सत्य मानेर समाचार नलेख्न नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोटले पत्रकारहरुको ध्यानाकर्षण गराएको छ । सार्वजनिक सेवा प्रवाहको कामलाई छोडेर कोही पनि कर्मचारी पार्टीको कार्यक्रममा सहभागी नभएको दावी गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोटले पत्रकारहरुको ध्यानाकर्षण गराएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोटले बुधबार एक विज्ञप्ती निकालेर पत्रकारहरुको ध्यानकर्षण गराएको हो । मंगलबार केही अनलाईन पोर्टलमा “नलगाडका कर्मचारी र शिक्षक काम छोडेर पार्टीको कार्यक्रममा” भन्ने शिर्षकमा प्रकाशित समाचारलाई आधार बनाएर नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोटले विज्ञप्ती निकालेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोट अध्यक्ष नारायण खत्रीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ–“संगठनको जिल्ला अध्यक्ष भएको खुशियालीमा मेरा वडाबासी तथा सुभेच्छुक र पार्टीले दिएको बधाई तथा सम्मान ग्रहण गर्ने वेला फोटो खिचेको बिषयलाई काम छोडेर पार्टीको कार्यक्रममा सहभागी भएको भनेर समाचार लेख्न मिल्छ र ? ”
विज्ञप्ती मार्फत अध्यक्ष खत्रीले भनेका छन–“म पार्टीको झण्डा बोकेर चुनावी प्रचार प्रसार गर्न गएको होईन, बधाई तथा सम्मान ग्रहण गर्न गएको थिए । तर सुभेच्छुकहरुसँग खिचिएको तस्वीरलाई लिएर भ्रामक समाचार सम्प्रेषण गरी संकुचीत मानसिकताबाट ग्रसित रहदै कपोकल्पित अफवाह फैलाई पेशागत संगठनको नेतृत्व गर्ने संगठन र सुभेच्छुकहरुलाई समेत विचलीत बनाउने कुचेष्टा गर्ने गराउने मिडियाहरुप्रति मेरो घोर आपत्ती छ । सत्य तथ्यमा रही खवर सम्प्रेषण कार्य गर्न अनुरोध गर्दछु । मैले पार्टीको चुनावी प्रचार प्रसारमा हिडेको र चुनावी प्रचार प्रसार गरी राजनीतिमा लागेको कुनै प्रमाण फेला परे जस्तोसुकै कारवाही भोग्नका लागि म तयार छु । साथै म सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुमा कर्मचारीहरुका आचरणहरु प्रति प्रतिबद्ध रहि निर्वाचन आचार संहितामा केन्द्रित रहेर कार्यसम्पादन गर्न हार्दिक अपिल गर्दछु ।”
अध्यक्ष खत्रीले सामाजिक संजाल ९फेसवुक० वालमा भनेका छन्– “म संगठनको जिल्ला अध्यक्ष भएको खुशियालीमा मेरो वडाबासी तथा सुभेच्छुक र पार्टीले दिएको बधाई तथा सम्मान ग्रहण गरेर फोटो खिच्दा कसरी हुन्छ पार्टीको प्रचार रुरु, गलत सुचना समाचार सम्प्रेषण गरि हुन गएको मेरो ब्याक्तित्व नोक्सानीको जिम्मेवार को रुरु, कार्यालयको कामकाज र जनताको सेवामा नलगाड र नलगाडका कर्मचारी के कति तल्लिन छन आउनुस जनमत सर्बेक्षण गरेर हेरौ, खुला बहस गरौं । पार्टीका स्थानीय कार्यकर्ताहरुको कुरा सुन्ने र निर्देशनमा समाचार लेख्ने तपाईं मिडियाकर्मी र पत्रकाहरुको बौद्धिकता सबैले बुझेकै छ्न र बुझ्ने छन, हामी हाम्रा आचरणहरु प्रति प्रतिबद्ध रहि निरन्तर जनताकै सेवामा समर्पित छौं ।”
सत्ता गठबन्धन पाँच राजनीतिक दलहरु बीचको चुनावी गठबन्धलाई तोड्ने अभिप्रायबाट प्रेरित भएर उक्त समाचार सम्प्रेशन गरिएको हुनसक्ने नलगाडबासीहरुले विश्लेषण गर्न थालेका छन् । व्यवस्थाले नै चौथो अंगको रुपमा परिभाषित गरिएको स्वतन्त्र पत्रकारिताको साँख जोगाउन पत्रकारहरु लागीपर्नु पर्ने बिश्लेषण हुन थालेको छ । पत्रकार स्वयममा राजनीतिक पार्टीको निर्वाचित प्रतिनीधि एवं पार्टीको कार्यकारी समितिमा निर्वाचित भएका बिषयहरु समाचार बन्न नसक्ने, बनाईन नसकिने, पेशागत हक, हित र अधिकारका निम्ति खोलीएको संगठनको अध्यक्षमा निर्वाचित भएको बिषयमा मन थाम्न नसकेर गलत तरिकाले समाचार लेख्नु भनेको प्राजित मानसिकताको उपज भएको चर्चा चल्न थालेको छ । कुनै पार्टीका नेताले गाउँका युवालाई हतियार बोकाएर भोट माग्न गाउँ गाउँमा मतदातालाई त्रसित बनाएको बिषयलाई समाचार बनाउन नसक्ने पत्रकारले नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोटका नव निर्वाचित अध्यक्षलाई समर्थक तथा शुभचिन्तकहरुले दिएको बधाई तथा गरेको सम्मानलाई ग्रहण गरेको बिषयलाई चुनावी प्रचार देख्ने बिषालु नजरलाई सच्याउनुपर्ने धारणाहरु चौतर्फि रुपमा आउन थालेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती०, जाजरकोटले निकालेको विज्ञप्तीको पूर्ण पाठ यस्तो छ –विज्ञप्ती
कर्मचारीहरुको हकहितहरु प्रति आवद्ध रहि निरन्तर वकालत र बहस, पैरवी गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० को गठन भई सक्रिय रुपमा कार्य गरिरहेको सर्वविदितै छ । यसै सन्दर्भमा हाम्रो जाजरकोट जिल्लामा पनि नेपाल राष्ट्रिय कर्मचारी संगठनल ९निजामती० ले नयाँ नेतृत्वलाई निर्वाचीत गरेको छ । म संगठनको जिल्ला अध्यक्ष भएको खुशीयालीमा मेरो वडाबासी, सुभेच्छुक, अविभावक र संगठनको शुभेच्छुक पार्टी नेकपा ९माओवादी केन्द्र० को वडा समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सहभागी भएको तस्वीरलाई प्रयोग गरी प्रकाशित समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविकताको पहिचान नगरी राजनैतिक लेप लगाई अतिरञ्जित भ्रमको खेती गरि नलगाडका कर्मचारी पार्टीको चुनावी प्रचारमा हिडेको भन्ने समाचारहरु प्रति हाम्रो नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती०, जाजरकोट घोर भत्र्सना गर्दछ ।
संगठनमा निर्वाचित भए पश्चात अव संगठनको कार्यहरुलाई कर्मचारीहरुको हकहितमा मात्रै केन्द्रित नराखी जनस्तरका समस्याहरुलाई समेत नेतृत्व तहमा पु¥याउन वकालत गर्ने प्रतिबद्धता राखेर कार्यालयमा फर्किएको म प्रति गलत आरोप लगाई कसैको ब्यवहार र कार्यशैलीको ठिक उल्टो ब्याख्या गरिनु खेदजनक रहेको छ । बधाई ज्ञापन कार्यक्रम र पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रम फरक–फरक समयमा एउटै मञ्चवाट भएको कारण तस्वीर सार्वजनिक हुनु बाध्यात्मक तथा सामान्य जस्तै हो । तर म कुनै पार्टीको झण्डा बोक्न तथा प्रचार प्रसार गर्न नगई बधाई तथा सम्मान ग्रहण गर्न गएको थिए । तर सुभेच्छुकहरुसँगको तस्वीरलाई लिएर भ्रामक समाचार सम्प्रेषण गरि संकुचीत मानसिकताबाट ग्रसित रहदै कपोकल्पित अफवाह फैलाई पेशागत संगठनको नेतृत्व गर्ने संगठन र सुभेच्छुकहरुलाई समेत विचलीत बनाउने कुचेष्टा गर्ने गराउने मिडियाहरुप्रति मेरो घोर आपत्ती छ । सत्य तथ्यमा आधारित रहि भोलीका दिनमा खवर सम्प्रेषण कार्य वास्तविकतामा रहेर गर्न अनुरोध गर्दछु । मैले पार्टीको प्रचार प्रसारमा हिडेको र प्रचार प्रसार गरि राजनीतिमा लागेको कुनै प्रमाण फेला परे जस्तोसुकै कारवाहीको लागि म तयार छु । साथै म सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुमा कर्मचारीहरुका आचरणहरुप्रति प्रतिबद्ध रहि निर्वाचन आचार संहितामा केन्द्रित रहेर कार्यसम्पादन गर्न हार्दिक अपिल गर्दछु ।










