माओवादी केन्द्र डाेल्पाद्वारा राजनीतिक कार्यक्रका नाममा सांसद धनवहादुर बुढाले डाेल्पाेबुद्दमा मच्चाएकाे आतंकबारे प्रशासनकाे ध्यानाकर्षण ( विज्ञप्ती सहित )

डोल्पा,नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र डोल्पाले उपल्लो डोल्पाको डोल्पोबुद्द गाउँपालिकाले सांसद धनवहादुर बुढाले राजनीतिक कार्क्रममा नाममा हुलकाहुल युवाहरू लगेर अशान्ति मच्चाएको ठहर गरेको छ । विज्ञप्तीमा भनिएको छ विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरूमा डोल्पोबुद्दका जनता त्रासमा भन्ने समाचार निरन्तर आइरहेकाले प्रशासनको गम्भिर ध्यान पुगोस् ।

राजनीतिक कार्यक्रमका नाममा सांसद बुढाले सयौँ युवाहरू लिएर त्यहाँका जनतालाइ मानसिक,भौतिक रूपमा आतंकित पार्नुका साथै त्रसित बनाएको पार्टीको ठहर छ । विभिन्न हतकण्डा अपनाएर जनतालाइ धम्काउने,तर्साउने असुरक्षीत बनाउने काम भएकोले पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
प्रशासनले जनताको मागलाइ गम्भिर रूपमा नलिए,हेलचक्राइ,ढिलासुस्ती र वेवास्ता गरे भोलि उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मा सम्वन्धित निकायले लिनुपर्ने माओवादी केन्द्र डोल्पाले विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ ।
विज्ञप्ती हेर्नुहोस्










