युक्रेनमाथि रुसको सशक्त आक्रमण, दोस्रो चरणको युद्ध शुरू भएको युक्रेनको टिप्पणी

एजेन्सी  काठमाडौं  / रुसले युक्रेनमाथि थप सशक्त आक्रमण थालेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएभन्दा ठूलो स्तरको आक्रमण थालेको पुष्टि गरे। ​

टेलिभिजनमार्फत् सम्बोधन गर्दै जेलेन्स्कीले डोन्बासका लागि युद्ध शुरू भएको बताए। डोन्बासमा आक्रमणका लागि रुसले ठूलो संख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले उल्लेख गरेका छन्। रुसले जतिसुकै सेना ल्याए पनि आफूहरु पछि नहट्ने भन्दै जेलेन्स्कीले प्रतिरक्षाका लागि सधैं तयार रहेको पनि बताए।
युक्रेनले डोन्बासमाथि थालिएको आक्रमणले दोस्रो चरणको युद्ध शुरूवात भएको टिप्पणी गरेको छ। हिजो युक्रेनका विभिन्न शहरमा रुसी फौजका बम आक्रमणमा परी नौजना मारिएका थिए।

रुसले सैन्य बन्दोबस्ती केन्द्रमाथि आक्रमण गरेको बताएको छ । यसैबीच, मारियोपोलमा बाँकी रहेका युक्रेनी सेनाको अन्तिम टोलीका प्रमुखले सर्वसाधारण तथा घाइते सैनिकलाई निस्कनका लागि सुरक्षित मार्ग दिन एउटा भिडिओमार्फत् अपील गरेको बिबिसीले उल्लेख गरेको छ। फसेका मानिसहरूलाई बाहिरिन दिने विषयमा युक्रेनी र रुसी फौजबीच दुई दिनदेखि सहमति हुन सकिरहेको छैन्।





error: Content is protected !!