कर्णालीका कति मतदान स्थल सुरक्षित ?

सुर्खेत ः जटिल भूबनोट र छरिएर रहेका बस्ती रहेको कर्णालीमा २९४ वटा मतदान स्थल अति संवेदनशील रहेको पाइएको छ। कर्णालीका ७९ वटा स्थानीय तहमा ९०७ मतदानस्थल र १ हजार ३८५ मतदान केन्द्र छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश सुरक्षा समितिले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ। सबैभन्दा बढी ७३ वटा मतदान स्थल कालिकोटमा र जाजरकोटका १ संवेदनशील रहेका हुन्। ४०४ मतदानस्थल संवेदनशील, २०८ मतदानस्थल सामान्य अवस्थामा रहेको रहेको समितिले जनाएको छ।

सुरक्षाका हिसाबले हिमाली जिल्लामा सबैभन्दा धेरै समस्या रहेको छ। उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुका अधिकांश भागमा आउन र जान समस्या रहेको छ।

संवेदनशील ठाउँमा सबै तहका सुरक्षाकर्मी परिचालन गरिने छ। अति संवेदनशील मानिएका मतदान स्थलमा चारवटै सुरक्षानिकायले सुरक्षा, व्यवस्थापन र समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

चारवटै सुरक्षानिकायको टोली सुरक्षा बिट र मोबाइल टिम व्यवस्थापनमा जुटेको छ। संवेदनशील भएका स्थानहरूमा के कस्तो सुरक्षा व्यवस्था मिलाउन सकिन्छ भनेर सम्बन्धित पालिकाहरूसँग समन्वय गरिरहेको उनले बताए। अहिलेदेखि नै अति संवेदनशील मानिएका क्षेत्रमा नियमित गस्ती गर्ने व्यवस्था मिलाएको समेत उनले स्पष्ट पारेका छन्।

जाजरकोटमा संवेदनशील स्थानको संख्या बढ्न सक्ने आँकलन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए। अधिकांश ठाउँमा टावरले काम गर्ने र यातायात सञ्चालन नभएकाले पाइएकाले संवेदनशील क्षेत्र थप्ने भन्ने भए पनि समय सकिएकाले सूचीकृत हुन नसकेको प्रजिअ शाहीले बताए।





error: Content is protected !!