एमाले भेरीले टुग्यो लगायो उम्मेदवार

जाजरकोट / नेकपा एमाले भेरी नगरकमिटिले जाजरकोट भेरी नगरपालिकाको उम्मेदवारको टुग्यो लगाएको छ । सत्ता गठबन्धन दलले उम्मेदवारको टुग्यो लगाउन हम्मे हम्मे परेको बेला नेकपा एमालले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीलाइ सर्वसहमत फेरी पनि उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए । सत्ता गठबन्धन दलहरु कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखेपनि निष्कर्षमा पुगीनसकेको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश उपाध्यक्ष ढकबीर रानाले बताए ।

जाजरकोटका ७ वटा स्थानीय तह रहेका छन् । भेरीमा कांग्रेस , माओवादी र एसको दावी रहेको छ । पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको पालिका भएकै कारण सबैको आँखा भेरीमै गएको छ । सत्तारुढ दलहरु प्रचारप्रसारमा समेत सुस्त देखिएका छन् । नेकपा एमालले भने छलफललाइ समेत तिव्रता दिएको छ ।

सुरुमा आरोप ,प्रतिआरोपमा उत्रिएका माओवादी र कांग्रेस अहिले वाक युद्ध छोडेर भागबण्डा र टिकट कसले पाउने भन्ने विषयमा व्यापक छलफलमा रहेका छन् । केन्द्रीय स्तरमा नेताहरुको घर दैलोमा धाउन समेत थालेका छन् ।

माओबादीले चार स्थानीय तहमा दावी गरेको छ भने कांग्रेसले समेत त्यही संख्य मागेको छ । यसले दुइ पालिकामा आफ्नो उम्मेदवारी हुनुपर्ने माग राखेको छ । २०७४ सालको मतभार अनुसार माओवादीले २ , कांग्रेसले २ स्थानीय तह जितेका थिए । नेकपा एमालेले दुइ नगरपालिका सहित एक गाउँपालिकामा जित हात पारेको थियो ।





error: Content is protected !!