विरामी आमालाइ बेडमै छोडी गाउँका सर्बसाधारणसँग भेटघाट

हेमन्त केसी
काठमाडौँको स्थित एक असपतालमा उपचार कार्य जारी रहकी आमालाइ छोडेर अहिले माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटका गाउँ , गाउँमा सर्वसाधारणको घरदैलोमा पुगेका छन् । उनी चुनाव आएर नभइ आफूले गरेका विकास निर्माणको कामलाइ अनुगमण र जनताको अपेक्षा बारेमा छलफल गर्न गाउँ गाउँ पुगेका हुन् । साना देखि ठुलालाइ समेत एकै नासले हेर्ने नेता बस्नेत कृषकका खेतबारी देखि घरदैलोमा समस्य केलाउदै छन् । संघ सरकारको पटक पटक मन्त्री भएका बस्नेत जिल्लामा भारी बजेट पठाएर स्वास्थ्य शिक्षा ,खानेपानी र सडकमा समेत उल्लेख्य काम गरि अहिले स्थलगत अध्ययनमा रहेका छन् ।
को हुन् त बस्नेत
पुर्व वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि. सं. २०२८ साल बैसाख १ गते बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी शाह बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्ति बहादुर बस्नेत । उनका तीन भाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् ।
बस्नेतको राजनीतिक जीवन भने ०४६/ ४७ बाट मात्र सुरु भएको हो । तत्कालिन एकिकृत माओवादीमा ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य ०५७ मा पूर्ण केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुन । जन-परिचालनमा उनी निपूर्ण मानिएका नेता हुन् ।
२०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका शक्तिले भेरीकर्णली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१/६२ को डाँढमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए ।
२०५९ सालमा पार्टी पोलिटव्युरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता स्वयत ईलाकाहरुको कुशलता पुर्बक ईन्चार्ज सिपको भूमिका निर्वाह गरेका थिए ।
बस्नेतले २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई उभ्याएका थिए । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।
शिक्षा
जाजरकोट खलंगा ९ कालेगाउँ गरिब किसान घरपरिवारमा जन्म लिएका शक्ति बस्नेत २०४७ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए । उनले यसै भेरी ज्ञानोदय क्याम्पसवाट बिए सम्मको पढाईलाई पुरा गरेका थिए । हाल उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।
राजनीतिक यात्रा
ग्रामिण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकताकेन्द्र (मशाल)मा आवद्ध भएका थिए ।
बस्नेत २०४८ सालमा तत्कालिन एकताकेन्द्र (मशाल) राप्ती क्षेत्रिय समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर पार्टी कामको भुमिकालाई पुरा गर्दै आएका थिए भने २०४९ साल देखि पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।
मन्त्री बस्नेतले २०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्युरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । यहि समयमा जिल्लाका सचेत युवाहरुको टिमले बर्ग संघर्षलाई संगठित गर्नका लागि ग्रामिण संघर्षलाई तिव्रता दिएको थियो ।
गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कयौं जनविरोधि फटाहहरुको बारीका मुला फाल्ने सम्मका गतिविधीहरुको कमाण्ड र निर्देशन गर्दै आएका बस्नेत २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को बैकल्पिक केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका थिए ।२०५७ साल देखि पार्टी केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका बस्नेतले भेरीकर्णली क्षेत्रिय व्युरो ईन्चार्जको भुमिका निर्वाह गरे । २०५९ सालमा पार्टी पोलिट व्यूरो सदस्य भएका शक्तिले भेरीकर्णाली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१/ ६२ को डाँढमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए ।
शक्ति बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई उभ्याएका थिए । २०७१ सालमा पार्टी स्थायी कमिटी सदस्यमा निर्वाचित बस्नेत पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।
२०७२ मा भारतले गरेको अघोषित नाकाबन्दीमा उनले गृहमन्त्रीको रुपमा सफल काम गरेका थिए । देशको विषम् परिस्थितिमा देश र जनताको शान्ती सुरक्षालाई पुन रुपमा खरो रुपमा उत्रन उनलाई सजिलो थिएन ।
नाकाबन्दी जस्तो विषम समयमा बस्नेतले आफुलाई अडिग राखेर देशमा शान्ति र सुरक्षाका सवालमा कुनै सम्झौता हुन दिएनन् । एमाले संगको सहकार्यमा बनेको सरकारमा गृह मन्त्रालय सम्हालेको अबस्थामा उनको कार्यकालको चारैतिर बाट प्रशंसा भएको थियो । देशको समग्र सुरक्षा प्रशासनलाई नीतिगत सुधार गर्न, नाकाबन्दी र मधेश आन्दोलनको सहज व्यवस्थापन गर्न सफल पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतको बातावरण मन्त्रालय पहिलो अनुभव हो । कर्णाली प्रदेशको इन्चार्ज समेत भएका मन्त्री बस्नेत हाल प्रतिनिधिसभा सदस्य मात्र रहेका छन् । प्रचण्डका विश्वास पात्रका रुपमा रहेका बस्नेत अर्कालाइ नोक्सान र हाँनी हुने काम भने गर्न जानेका छैनन् ।
अहिले पार्टीको महासचिवका बलिया उम्मेदवार रहेका बस्नेत जाजरकोटका गाउँ ,गाउँमा भेटघाट र छलफलमा व्यस्त छन् । उनी निकै साधारण तथा विवादमा नआउने नेता मध्यमा पर्दछन् । विषय बस्तुको गहिरो अध्ययन गर्ने नेता बस्नेत हत्तपत्त नबोल्ने , बोलेपनि सबैलाइ रिजाउने नेतामा पर्दछन् ।
कर्मचारी तन्त्र भित्र उनको राम्रो पकड रहेको छ । आज जाजरकोट बारेकोट , भेरी लगाएतका ठाउँमा जनसाधारणसँग छलफल र भेटघाटमा रहेका नेता बस्नेत काठमाडौँमा विरामी आमालाइ छाडेर गाउँ बस्तीमा रहेका छन् । बस्नेत पटक पटक मन्त्री भएपनि उनी गाउँ जादा सुरक्षा देखि गाडीका लस्कर सम्मा ठुलो नबनाउन आग्रह गर्छन । जनताको नेता भएकाले किन तडगभडक चाहियो भन्दै सामान्य भएर हिड्नु नै आफ्नो पहिचान भएको बताएका छन् ।










