एमाले नेताको दादागिरी ः दलित यूवा माथि निर्घात कुटपिट, दाँत नै भाँचिदिए ?

जाजरकोट ः नेकपा (एमाले) जाजरकोटका जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीले दादागिरी देखाउँदै दलित यूवा माथि निर्घात कुटपिट गरेका छन् । आईतबार वेलुका ६ बजेको समयमा छेडागाड नगरपालिका ८ का लालबहादुर नेपालीलाई निर्घात कुटपिट गरेका हुन् ।

चौतारीमा बसिरहेका उनलाई खुकुरीले काट्ने सम्मको धम्की दिई निर्घात कुटपिट गरेको पीडित लालबहादुर नेपालीले हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।

कानुनले व्रजित गरेको शब्द ‘डुम’ भन्दै तथानाम गाली समेत गरेको पीडित नेपालीको भनाई छ । उनले भने, ‘हामी छेडागाडको थलबजार बाट माथि गईरहेका थियौं, चौतारीमा बसेका थियौ, सत्यानारायण मोटरसाईकलमा आए, उनले आफ्नी श्रीमति सँग भने आज म एक दुई जनालाई काट्छु ।’

‘हामीले कुनै चालवात समेत गरेका थिएनौं, आफ्नी बुढीलाई केके भनेर घर पठाई दिए, त्यसपछि मलाई माथितिर हेरेर मा ।।साला तो डुमले पनि पाँचताराको २ हजारको जागिरी खाने वित्तिकै काँग्रेस भई जाने भन्दै धम्क्याए उनले थपे, काँग्रेस भएर कुरा गर्छस् भनेपछि मैले भने आज सम्म मैले के गल्ती गरेर सर भने ।’ त्यसपछि मैले केही बोलेको थिईन् गिरीले म माथि हातपात गरी कुटपिट गर्न थाले नेपालीले बताए ।

त्यसपछि ठुला कुरा गर्छस् भन्दै चौतारीमा बसेका नेपालीलाई चौतारी बाट तल फालि नाक, मुख र दाँतमा हानी लगाएको सबै कपडा च्यातिदिएको प्रत्यक्षदर्शी प्रकाश खत्रीले बताए ।

खत्रीले भने, ‘लालबहादुर कुनै गल्ती थिएन्, उनले मैले आज सम्म के गल्ती गरेर मात्रै भनेका थिए, त्यसपछि सत्यानारायण गिरीले तथानाम गाली गर्दै, उनलाई निर्घात कुटपिट गरेका हुन् ।’

‘मदिरा सेवन गरी आएका गिरीले हामी त्यहाँ नभएको भए उसको ज्यान नै खतरामा पार्ने थिए, उनले थपे, हामी त्यहाँ भएर उसलाई बचाउन सफल भयौं ।’ कानुन बमोजिम गिरीलाई कारवाही हुनुपर्ने समेत खत्रीले माग गरे । छेडागाड नगरपालिका ८ का एमाले नेता एवं जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीले आफुले हातपात गरेको स्वीकार गरे । उनले भने, ‘उसले पनि म माथि हातपात गर्यो, मैले पनि हातपात गरे मेरो पनि टाउकोमा चोट लागेको छ ।’

जिल्ला कमिटी सदस्य जस्तो नेताले मदिरा सेवन गरी दलित यूवा माथि कुटपिट गर्नु र संविधानले व्रजित गरेका शब्द डुम भन्दै गाली गर्नु कानुनी राज्यको धज्जी उडाएको स्थानीयको भनाई छ ।

गिरीलाई कानुन अनुसारको सजाय समेत दिनुपर्ने स्थानीयले माग गरिरहेका छन् । गिरीले नेपाली एउटै वडामा स्थायी बासिन्दा हुन् ।

घाइते नेपालीको मुख, नाकमा गहिरो चोट लाग्नुका साथै दाँत समेत भाँचिदिएका छन् । यसरी दलित यूवा माथि हातपात गरी निर्घात कुटपिट गर्ने नेतालाई वेलैमा सबैले चिन्नुपर्ने समेत स्थानीले बताएका छन् । कानुन बमोजिमको सजायको माग गरिहेका छन् ।

हाम्रो पहुँँच डट कमबााट ।





error: Content is protected !!