कुशेमा माओवादीमा प्रवेश गर्नेको लर्को

जाजरकोट ( कुशे ) आज भएको जनसभाबाट कुशे गाउँपालिकाबाट दर्जनौ व्यक्तिहरुले नेकपा ( माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत , कर्णाली प्रदेशका जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंह , केन्द्रीय सदस्य रामदिप आचार्यको सहभागी कार्यक्रममा भारी व्यक्तिहरुले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा कुशे ५ का वलराम मल्ल , शान्तबहादुर खत्री , विनोद थापा , टेकबहादुर थापा , विवश शाही , कुशे ६ बाट पदमबहादुर सिंह , मानबहादुर सिंह , ज्वाला सिंह , हरिबहादुर ओली , कुशे ६ राजकुमारी दमाइ , प्रवेश कुमार दमाइ , कुशे ७ प्रिय दमाइ, बीरेन्द्र चदारा ,दिपक सुनार , दिपक परिवार , कुशे ८ बाट जानुका परियार , मालिका परियार , हर्के दमाइ , कुशे ५ बाट कर्णबहादुर थापा , कुशे ७ बाट कमला कामी , कुशे ७ बाट पशुपती नेपाली , कुशे ६ बाट विपिन रोकायले माओवादीमा प्रवेश गरेका छन् । यो समाचार तयार पर्दा सम्मा प्रवेशको क्रम जारी रहेको छ ।





error: Content is protected !!