देशलाइ जोगाउने पार्टी भनेकै माओवादी हो – प्रचण्ड

हेमन्त केसी
सुर्खेत , देशलाइ अपठ्यारो पर्दा जोउने र दिशा निर्देश गर्ने पार्टी भनेको नै नेकपा माओवादी केन्द्र भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभयो ।
बेला बेला परिवर्तनका मुद्धाहरु उल्टाउने र फेरी पुरानै ठाउँमा लिएर देशलाइ डुवाउने खोज्ने विरुद्ध माओवादी सचेत भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो , ‘हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ । अब रंगिन क्रान्ति गर्न हामी तयार छौं ।’ साथै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाहरुविरुद्ध माओवादी लडेर सफल भएको दाबी गर्नुभयो । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रमा बोल्दै उहाँ भन्नेभयो ।
उहाँले केपी ओली झेली भएको टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफूहरुको लडाइँ रहेको पनि बताउनुभयो । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा प्राप्त सफलता हासिल भएको हो उहाँले भन्नुभयो ।
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीले १० वटै जिल्लाको रिपोर्ट प्रस्तुत गरेको थियो । प्रचण्डले रिपोर्ट सुन्दा सबै माग र समस्याको सम्बोधन हुने बताएका थिए । साथै उहाँले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गरेका छन् । ‘कर्णाली भनेको माओवादीको आधार इलाका हो,’ उहाँले भन्नुभयो े, ‘तपाइँहरु आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् !’
साथै प्रचण्डले एमसीसीको विषयमा माओवादीले देशलाई ठुलो दुर्घटनाबाट बचाएको बताउनुभयो । एमसीसीका कारण देखाई नेपालको सिंगो परिवर्तनमाथि, संविधान, संघीयता,र व्यवस्थापिकामाथि हमला गरिदै थियोे । तर हामीले गर्दा त्यो हुन पाएन,’ उहाँले भन्नुभयो,‘ मुलुकको राजनीतिक कमाण्ड माओवादीले गरिरहेको छ । त्यसले राष्ट्रको अहित हुने खालका गतिविधिका विरुद्धमा माओवादी अग्रसर हुन्छ नै ।’ त्यस्तै अहिलेको गठवन्धन चुनाव सम्मा जाने र सकेसम्मा अझै पर सम्मा लैजाने योजनामा रहेको समेत बताउनुभयो । यो गठबन्ध प्रतिगमणका विरुद्धमा भएको भन्दै देश जोगाउने अभियानमा सबै सँगै गएको समेत बताउनुभयो ।
दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उहाँले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गनुभयो ।
जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गनुभयो । उहाँले भने ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर
सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताउनुभयो ।










