बजेट कार्यन्वनको अवस्था चिन्ता जनक भएको सन्दर्भमा मन्त्री सिंहले नतिजामुखी कार्यन्वयनमा जोड

सुर्खेत ः जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा समीक्षात्मक बैठक सम्पन्न भएको छ । बजेट कार्यान्वयनको अवस्था बारेमा जलस्रोत तथा उर्जा विकास मन्त्री गणेसप्रसाद सिंहले जानकारी लिनुभएको छ । बजेट कार्यन्वनको अवस्था चिन्ता जनक भएको सन्दर्भमा मन्त्री सिंहले नतिजामुखी कार्यन्वयनमा जोड दिएको छ । अहिले सम्मा मन्त्रालयमा ६ प्रतिशत मात्र बजेट खर्च भएको पाइएकाले अब गती दिन निर्देशन समेत दिइएको छ । मन्त्रालयमा बजेट अभावका कारण रोकिएका कामहरुको विषयमा संघीय विषयगत मन्त्रालयमा छलफल बढाइने मन्त्री सिंहले बताउनुभयो ।










