पुगेन विद्युत भोल्टेज – अक्सिजन पलान्ट सञ्चालन समस्या

नन्दा शाही

जाजरकाेट /  स्वास्थ्य सेवा कार्यालयमा जडान गरिएको अक्सिजन पलान्टमा विद्युतको भोल्टेज नपुग्दा सञ्चालनमा समस्या देखिएको छ ।

३०० केभिएको विद्युतको पावर आवश्यकता पर्ने भएकाले अहिले पलान्ट सञ्चालनमा समस्या भएको हो । स्वास्थ्य सेवा कार्यालयमा अहिले सो क्षमताको पावर प्रशारण नभएका कारण सञ्चालनमा समस्या भएको हो । स्वास्थ्य सेवा कार्यालयले नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रमा क्षमता बढाउनका लागि पत्राचार गरिसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले बताउनुभयो ।

क्षमता विस्तार गर्नका लागि रु १० लाख बराबरको खर्चको स्टामेट आएको समेत जैसीले बताउनुभयो । उत्ता नेपाल विद्युत प्राधिकरणले ५० शश्याको अस्पताल निर्माण कार्य चलिरहेकोले पटक , पटक क्षमता विस्तारका लागि दुख गर्नुभन्दा एकै पटक काम गरेर सेवा लिदा सजिलो हुने बताएको छ । स्वास्थ्य सेवा कार्यालयमा जेनेरेटर भएपनि जेनेटरको पावरले अक्सिजन पलान्टमा समस्या आउने डरले खासै प्रयोग नगरेको कार्यालय प्रमुख जैसीले बताउनुभयो । कोभिडको महामारी फैलिएको समयमा पलान्टलाइ सञ्चालन प्रभावकारी बनाउ आफूले पहल जारी राखेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताउनुभयो । आफू सम्मा विद्युतको समस्याले पलान्ट सञ्चालनमा समस्या आएको गुनासो आए लगत्तै कामको लागि प्रक्रिया सुरु गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

विद्युतको समस्या छिट्टै समाधान हुने विद्युत प्राधिकरणले बताएको छ । जाजरकोटमा अहिले ११ केभी प्रशारण लाइनको विद्युत सञ्चालनमा रहेको छ । १३२ केभी प्रशारण लाइनका लागि कोहलपुर हुँदै सुर्खेत सम्मा काम भइरहेको छ । उत्ताको काम सम्पन्न हुन बित्तिकै जाजरकोट खण्डको समेत काम हुने छ । १३२ केभी प्रशारण लाइनका लागि मेहलकुनामा सव स्टेशन निर्माण कार्य समेत बाँकी रहेको छ । यो प्रशारण लाइन निर्माण भएमा मात्र फुलफेजमा काम हुने छ ।

जाजरकोट भएर रुकुम पश्चिममा विद्युत सेवा प्रवाह हुँदै आएको छ । जाजरकोट हुँदै डोल्पा लिनुपर्ने कामको वातारणीय प्रभाव मुल्यांकनको काम समेत भइरहेको छ ।





error: Content is protected !!