गजल

चत्तुर कमरेटहरु अचेल डिस्को र बारमा भेटिन्छन  !
तानाशाही भर्ष्टचारी संगै चिल्ला कारमा भेटीन्छन  !

युद्गकालका बिराट जीत कामरेट कतै भेटीदैनन  !
तातोघाममा खाडीमुलुक र कालापारमा भेटिन्छन  !

सयौ युद्द जितेका ति वीर राता र ताता मान्छेहरु  !
भोकै नान्गै छन बाँचौकी मरौ दोधारमा भेटीन्छन  !

त्योबेलाका तानाशाही र भारतीय  बिस्तारबाद संग  !
युद्ग जितेर नअगाउने मान्छे अचेल हारमा भेटिन्छन  !

परिवर्तन आवश्यक थियो लडियो गरियो पनी खै  !
भनेजस्तो अझैभयन विश्लेष्ण सारमा भेटिन्छन  !

कर्ण खत्री “ बिकल्प “जाजरकोट





error: Content is protected !!