माओवादी केन्द्रीय समिति बैठक स्थगित, भोलि बिहान स्थायी समिति बैठक

काठमाडौं / नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको हो । भर्चुअल रुपमा भए पनि बैठक बस्ने तयारी गरेकोमा अन्तिम चरणमा आएर स्थगित भएको हो ।

कतिपय केन्द्रीय सदस्यहरु कोरोना संक्रमणका कारण बिरामी परेकाले बैठक स्थगित गरिएको हो । माओवादी केन्द्रको भोलि बिहान ८स्३० बजे भने स्थायी समिति बैठक बोलाइएको छ ।

माओवादी कार्यालयको सूचना यस्तो छ–
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को २०८७ माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदि लाई मध्यनजर गरि अर्को निर्णय नहुदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाईसकिएको छ।

कुनै कारणवस सूचना नपुगेमा यसलाई पनि सूचनाको आधार बनाईदिन केन्द्रीय कार्यालय हार्दिक अनुरोध गर्दछ। पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक स्वास्थ्य मापदण्ड पालना गरि यही माघ ८ गते ८स्३० बजे बिहान पार्टी कार्यालय पेरिसडाडामा बोलाईएको पनि जानकारी गराउदछौ। – केन्द्रीय कार्यालय





error: Content is protected !!