विवाहको वर्षौंपछि पनि यी कारणले अलग्गिन्छन् श्रीमान्–श्रीमती, कारण थाहा पाएर तुरुन्त गर्नुहोस् सुधार

हरेक विवाहित जोडीको इच्छा आफ्नो जीवनमा खुसीयालीले भरिएको होस् र आफ्नो बालबालिका र पार्टनरसँग जीवनको हरेक पाटोलाई राम्रो तरिकाले बाँच्न सकूँ भन्ने हुन्छ । तर कतिपय अवस्थामा श्रीमान्–श्रीमती एक अर्कासँग निकै लामो समय बिताएपछि पनि अलग्गिने निर्णय गर्छन् । यस्ता थुप्रै फिल्मी वा टिभी स्टार्सबारे खबर आउँछन् जो विवाहको लामो समयपछि पनि अलग्गिन्छन् । यस्तै, तपाईंको वरिपरि यस्ता थुप्रै विवाहित जोडी होलान् जसले विवाहको वर्षौंपछि सम्बन्धविच्छेद गरेका हुन्सक्छन् ।

यसको कारण जान्नका लागि साइकोलोजिस्ट तथा १६ वर्षदेखि म्यारिज काउन्सिलर रहेकी भारतीय डाक्टर गीताञ्जली शर्माले पछिल्लो समयमा सम्बन्धविच्छेदका घटनामा अत्यधिक वृद्धि भएको बताएकी छिन् । उनी भन्छिन्, ‘श्रीमान् श्रीमती २०–३० वर्षपछि पनि अलग हुने निर्णयसहित धेरै जोडी मलाई भेट्न आउँछन् । मलाई भेट्न आउने विभिन्न केसको आधारमा श्रीमान् श्रीमती यत्तिका लामो समयपछि पनि अलग हुने निम्न कारण हुनसक्छन्ः

विवाहेत्तर सम्बन्धः
डा गीताञ्जली शर्माका अनुसार आजको समयमा विवाहेत्तर सम्बन्ध विवाहितलाई अलग बनाउने सबैभन्दा ठूलो कारण हुनसक्छ । सुरुवाती समयमा त सबै आफ्नो जीवन र करियरमा व्यस्त हुन्छन् । तर बिस्तारै समय बित्दै जाँदा उनीहरुलाई महसुस हुन थाल्छ कि उनीहरुलाई आफ्नी श्रीमती वा आफ्नो श्रीमानभन्दा अरु कोहीमा रुची छ वा अरु कसैमा उनीहरु भावनात्मक रुपमा जोडिएका हुन्छन् । यस्तो हुँदा पनि श्रीमान श्रीमतीको लामो सम्बन्ध तोड्न सक्छ ।

दबाबमा गरिएको विवाहः

कति मानिस घरका सदस्यका कारण वा पार्टनर चित्त नबुझेपनि विवाह गर्छन् । सुरुमा त घरको इज्जत राख्न भएपनि मानिस विवाह गर्छन् तर समय बित्दै जाँदा उनीहरुको सम्बन्धमा तिक्तता छाउँछ र अन्ततः उनीहरु अलग्गिने निर्णय गर्छन् ।

एक–अर्कासँग ठ्याक्कै विपरित हुनुः

सुरुमा दुबैले यदि आ–आफ्नो करियर बनाउन लागी पर्छन् भने दुबैको विकास भिन्न दिशामा हुन्छ । कुनै पनि कुरालाई हेर्ने उनीहरुको दृष्टिकोण भिन्न हुन्छ । उदाहरणका लागि थुप्रै सम्बन्धमा भिन्न भिन्न जागिर खाने व्यक्तिबीच आपसी सहमति बन्न पाउँदैन किनभने दुबैलाई आफ्नो काम बढी महत्वपूर्ण लाग्छ । त्यसपछि लामो समयपछि उनीहरुलाई लाग्छ कि उनीहरु एक–अर्काभन्दा नितान्त फरक छन् ।
डा। गीताञ्जली थप्छिन्, ‘विवाहपछि थुप्रै मानिसहरुको सम्बन्धमा समस्या सुरु हुन्छ तर जब बच्चा जन्मन्छन् उनीहरु बच्चाको लालनपालनका लागि एक–अर्कासँग बस्छन् । त्यसपछि उनीहरु सोच्छन् कि बच्चा १५–१६ वर्ष भएपछि मात्रै निर्णय लिने, यो पनि एउटा कारण हुनसक्छ ।

ध्यान नदिनुः

आजको समयलाई हेर्ने हो भने समय बित्दै जाँदा सम्बन्धमा प्रेम र केयरको कमी हुने गर्छ । यदि कुनै मामिलामा यस्तो हुन्छ भने यो सम्बन्ध टट्नुको कारण हुनसक्छ ।

सम्बन्धलाई सुधार गर्ने कोसिस गरिरहनुः

​उनी यसबारे विस्तृत जानकारी दिँदै भन्छिन्, ‘भारतीय संस्कृतिमा हामीले धेरैजसो देख्छौँ कि सुरुमा श्रीमान्–श्रीमतीबीच मनमुटाव भएता पनि बच्चा जन्मिएपछि उनीहरुको सम्बन्धमा सुधार आउँछ । श्रीमान् श्रीमतुी बच्चा जन्मिइसकेपछि पनि सम्बन्धमा केही सुधार हुने आशामा लगातार सही बनाउने कोसिस गर्छन् । तर जब लामो समयसम्म पनि सम्बन्धमा कुनै सुधार देखिएन भने उनीहरु अलग्गिने निर्णय गर्छन् । ’





error: Content is protected !!