जगदुल्ला जलविद्युतबाट उत्पादित विद्युत बाँफिकोटको सव स्टेशनमा जोडने सम्झौता

जाजरकोट ःअर्धजलाशययूक्त जलविद्युत आयोजनाको रुपमा रहेको जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम पश्चिमको बाँफिकोट स्थित सब स्टेशनमा जोड्ने सम्झौता भएको हो ।

जाजरकोट नलगाड नगरपालिका –७ दानीपिपलमा निर्माण कार्य जारी रहेको ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा ढिलाइ हुँदा जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले बाँफिकोटमा जोड्ने गरि सम्झौता गरेको हो ।

१०६ मेगावाट उत्पादन क्षमता रहेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडबाट उत्पादन भएको विद्युत लिनका लागि दानी पिपल भन्दा बाँफिकोट टाढा रहेको छ । नेपाल विद्युत प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको थियो ।

यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत खरिद , विक्री कार्य समेत सुरु भएको छ । आयोजना निर्माणका लागि बैंक तथा वित्तिय संस्थासँगको सम्झौता समेत एक महिना भित्र हुने भएको छ ।

आयोजना निर्माणका लागि अझैं सडक , पुलहरु निर्माण कार्य बाँकी रहेको छ । जटिल भुभागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिएपनि पुर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौती पुर्ण रहेको छ ।
तल्लु र त्रिबेणी स्थित भेरी नदीमा ठुला पुलहरु निर्माण हुँन बाँकी रहेको छ ।

त्यस्तै त्रिबेणी देखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताउनुभयो ।





error: Content is protected !!