सुर्खेतमा एकै परिवारका चारजना मृत अवस्थामा भेटिए

सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पना बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पनाका दाई मानबहादुर बुढाका छोरा ५ वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएको हुन् ।
जाजरकोट निवासी उनिहरु वीरेन्द्रनगरस्थित आफनै घरमा बस्दै आएका थिए । मृतक कल्पानाका श्रीमान कृष्ण बुढा जाजरकोट  शिवालय गाउँपालिकाका स्वास्थ्य संयोजक हुन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा बीरबहादुर बुढासँगै कल्पना, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका चारैजना खाना आएर एउटै कोठामा सुतेका थिए । ससुरा विहानै पुजाआजाका लागि मन्दिर गएर अरान्ह ४ बजे फर्किदा कोही पनि उठेको नदेखेपछि शनिवार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनिहरु कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा भेटिएको डीएसपी घर्तीले बताए ।
चिसोमा कोइला बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । कल्पनाका श्रीमान जाजरकोटबाट आउदै गरेको र उनले आफू आईपुगेपछि अनुसन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टोलीले सुरक्षा दिईरहेको डीएसपी घर्तीले बताए ।
घटनाको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।





error: Content is protected !!