सेनाले बाँड्यो चिसोबाट बचाउन नागरिकलाइ कम्वल

हेमन्त केसी
जाजरकोट / नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाइ चिसोबाट जोगाउन कम्वल वितरण गरेको छ । स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्वल वितरण गरेको हो ।
श्री नं. ४ बाहिनी अड्डा अन्तरर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामे जानकारी दिनुभयो ।
सयम समयमा परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा साुहेको रिणबाट विस्थापित हुने बाध्य भएका र छाक टार्न मुस्किल भइ भारत जाने परिवारलाइ उक्त राहत सामग्री दिइएको छ ।
साथै शिव शंकर मा.विमा अध्ययनरत अति विपन्न र दलित समुदायका विद्यार्थीहरुको शैक्षिक सामग्री ,खेलकुद सामग्री समेत वितरण गरिएको छ । चन्दननाथ गणले हालै मात्र जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा रातीको समयमा समेत विपदमा परेका घाईते र सिकिस्त विरामीलाई हेलिकप्टरबाट आकस्मिक उद्धार गर्न सहज हुने गरी रात्रीकालिन अवतरण सुविधायुक्त हेलिप्याडको निर्माण सम्पन्न गरेको छ ।
राहत पाएपछि नैमती लुहारले सेना आफ्नो लागि भगवानका रुपमा आएर सहयोग गरेको बताउनुभयो । जसलाइ सहयोग माग्दा पनि कसैले हेरेका थिएनन तर सेनाले सहयोग गरेको छ , निकै खुसी भएको लुहारले बताउनुभयो ।
चन्दननाथ गणले प्रदान गरेको शैक्षिक र खेलकुदका सामग्रीहरु विद्यार्थीहरुको लागि अति उपयोगी हुने बताउदै विद्यालयका प्राचार्य रामलाल आचार्यले नेपाली सेनालाई धन्यवाद दिनु भएको थियो ।
कोरोना महामारीको बिद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत, शैक्षिक एवं खेलकुदका सामग्रीहरु बितरण गरेकोमा निकै खुशी लागेको प्रतिक्रिया दिदै, स्थानीयले सर्वसाधारण जनताको सुख दुःखमा नेपाली सेना सदैवः साथमा रहदै आएकोमा गौरव लागेको बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा , प्रहरी प्रमुख मधुकुमार थापा , सशस्त्र प्रहरी बलका निर्मित प्रमुख शेखर जिसीको पनि सहभागिता रहेको थियो ।



