नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित ः दाइले भाइलाइ हराए

जाजरकोट ः नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । शाहीले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी करवीर शाहीले २ सय १० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २ सय २५ मत प्राप्त गरी उनका प्रतिस्पर्धी नवराज सिहलाइ पछि पार्दै विजयी भएका हुन् । सिंहले १ सय ७७ मत प्राप्त गरेका थिए । सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नर बहादुर खत्री।लाई पछि पार्दै विजयी भएका हुन् । गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् । यस्तै उप सचिवमा गोपाल बहादुर नेपाली र नर बहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न । उप सचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न। शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए । करबीर भाइ हुन भने दाइ खीम हुन् । करबीर माधव समुहमा लागेर केपी समुहबाट अलग भएका थिए । पछि फेरी केपी समुहमा लागेका करबीरलाइ चुनावमा प्यानल बनाएरै चुनावबाट हराएको छ ।





error: Content is protected !!