नगरपालिकाको कर्मचारी नै एमाले जिल्ला कमिटीको उम्मेदवार

जाजरकोट ः जिल्लाको छेडागाड नगरपालिकामा कार्यरत एक कर्मचारीले नेकपा (एमाले) को जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दिएका छन । नगरपालिकाको रोजगार संयोजक पदमा कार्यरत धन बहादुर रातवले एमाले जाजरकोटको जारी जिल्ला अधिवेशनमा खुला सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

उनि प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम हेर्ने गरी २ वर्ष अघि करार सेवामा नियुक्त भएका थिए । अधिकृत तहका कर्मचारीले पेशागत संगठनमा समेत संलग्न हुन नपाउने व्यवस्था छ तर रावतले राजनीतिक दलको कार्यकारी पदमा व्यापक प्रचार सहित उम्मेदवारी दर्ता गराएका हुन । करार सेवामा कार्यतर कर्मचारीले गत कार्तिकमा जारी गरेको “करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मुल्यांकन तथा नयाँ अवधीको लागि करार सम्झौता सम्बन्धि मापदण्ड २०७८” अनुसार कार्य सम्पादन गर्नु पर्दछ तर उनले यो व्यवस्थाको धज्जी उडाएका छन ।

उक्त मापदण्डका अनुसार करार कर्मचारीहरुको प्रत्येक ६/६ महिना कार्यसम्पादन मुल्यांकन गर्नुपर्ने र सो मुल्यांकनमा कर्मचारीहरुले ८० प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था छ । निर्धारीत अंक ल्याउन नसक्ने कर्मचारीको म्याद नथपिने व्यवस्था भएपनि एमाले कै नगर प्रमुख भएका कारण एकाले निकट कर्मचारीहरुले मनपरी गर्ने गरेको एक कर्मचारीले बताए ।

रोजगार संयोजक रावतले उम्मेदवारी दर्ता गरेको अधिवेशनको अध्यक्ष मण्डलमा सोही नगरपालिकाका नगर प्रमुख तथा एमाले कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष लालबहादुर महतारा सदस्य छन । सेवाग्राहीको काम प्रति व्यवस्था गर्दै कार्यालय छोडेर पार्टीको अधिवेशनमा उम्मेदवार बन्न आएका कर्मचारीको विषयमा नगरप्रमुख महतारा मौन छन , कामना दैनिक ।।





error: Content is protected !!