निजामती कर्मचारी युनियन डोल्पाको अध्यक्षमा आर सी

डोल्पा ः नेपाली काङ्ग्रेस निकट कर्मचारीको शुभचिन्तक संगठन ,नेपाल निजामती कर्मचारी युनियन डोल्पाले आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दीर्घ आर सी निर्बाचित भएका छन् ।

उपाध्यक्षमा शेर बहादुर शाही, मीना शाही र केशव सुनार,सचिवमा दलबहादुर बस्नेत,सह सचिवमा गोरख बहादुर शाही र कोषाध्यक्षमा टेकराज बराल सहित १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ ।





error: Content is protected !!