जाजरकोट जुम्ला सुरुङमार्ग निर्माण हुँदै, सम्भाव्यता अध्ययनका लागि टेन्डर आह्वान

जाजरकोट ः जाजरकोट-  जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्युआरडीसी)ले सूचना जारी गरिसकेको छ ।

सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले टेन्डर खोली सकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पुर्वन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । ‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।’ उनले भने, ‘जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो सुरुङ नै हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकै अघि बढाइने छ ।’

जाजरकोट साङ्टा देखि र जुम्लाको इमिल्चाघारी सम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पुर्वमन्त्री बस्नेतले बताउनुभयो । ‘हामीले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं ।’ नेकपा (माओवादी केन्द्र ) का नेता तथा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भन्नुभयो , ‘सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।’

जाजरकोट देखि जुम्ला जान हिडेर करिब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ल जान सकिने सिंहले भन्नुभयो । ‘यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ ।’ उहाँले भन्नुभयो , ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं ।’ यो कामको पहल कदमी लिने पुर्वमन्त्री शक्तिबहादुर बस्नेतलाइ धन्यवाद दिन चाहान्छौँ उहाँले भन्नुभयो ।





error: Content is protected !!