पदाधिकारीमा करिब सहमति भइसकेको छ, भोलि टुंगो लाग्छ ः दाहाल

काठमाडौँ ः माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको भोलि टुंगो लाग्ने बताएका छन् । महाधिवेशन हलमा दाहाल पदाधिकारीमा करिब सहमति जुटिसकेको र सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने बताएका हुन् ।

पदाधिकारी विधानअनुसार केन्द्रीय समितिले टुंग्याउने हो । कतिपयले आजै टुंगो लगाऔं भने । भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ। भोलि टुंगो लाग्छ । माओवादीको केन्द्रीय समितिले १५ पदाधिकारी चयन गर्नेछ ।





error: Content is protected !!