नलगाडको साङटा खोलामा मोटरेवल पुल बन्दै

जाजरकोट ः नलगाड नगरपालिका ३ स्थित साङटा खोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले दिएको जानकारी अनुसार पुलको सर्वेक्षणको काम पुरा भएको छ ।

यहाँ पुल नहुँदा वर्षेनी बर्षायाममा यातायातका सधनका साथै सर्बसाधारणलाइ यात्रामा समस्य हुँदै आएको थियो । प्रदेशसभा सदस्य सिंहको पहलमा कैना कट्के सडकको साङटामा पुल बन्ने भएपछि आफूहरु खुसी भएको वडाध्यक्ष प्रचण्ड ओलीले बताए ।

यहाँ सडक निर्माण भएपनि खोलामा पुल नहुँदा जोखिम मोलेर यातायातका साधन तार्नुपर्ने बाध्यता रहेको थियो ।





error: Content is protected !!