ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि

एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ ।

काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि अधिकारीले पार्टी संगठनको जिम्मेवारीसमेत लिएका छन् । उनी माओवादीको उपत्यका विशेष प्रदेश कमिटीका कोषाध्यक्ष हुन् । अधिकारी युद्धकालका विस्थापित शिक्षक हुन् । पार्टीले शिक्षक प्रतिनिधिको सूची गोप्य राख्ने प्रयास गरेका छन् ।

त्यसैगरी, बहालवाला शिक्षक झपेन्द्र क्षेत्री, ऋषि काफ्लेसहित दर्जनौँ शिक्षक प्रतिनिधि आएको शिक्षकहरूले बताएका छन् । त्यसैगरी, त्रिभुवन, पोखरा विश्वविद्यलयका स्थायी शिक्षकसमेत महाधिवेशनमा सहभागी भएका छन् । त्रिविका प्रा।डा। राजनप्रसाद पोखरेल, प्रा।डा। सूर्यबहादुर थापा, प्रा।डा। अर्जुन बास्तोला, डा। जगतकृष्ण श्रेष्ठ, डा। हरिराम पराजुली महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन् । त्यसैगरी, पोखरा विश्वविद्यालयका डा। खेमराज जोशी पनि महाधिवेशनमा सहभागी छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण गर्नसमेत बन्देज गरेको छ । यसविपरीत एमाले तथा कांग्रेसले अधिवेशनमा प्रतिनिधि छनोट गरेका थिए । अहिले माओवादी केन्द्रले पनि शिक्षक प्रतिनिधिका रूपमा भिœयाएको छ ।

सबैभन्दा धेरै शिक्षक कांग्रेसको केन्द्रीय र प्रदेश महाधिवेशनमा प्रतिनिधि थिए । कतिपय शिक्षक कांग्रेस क्षेत्रीय प्रतिनिधि छन् । शिक्षकहरू नगर सभापति, सचिव तथा सदस्य, क्षेत्रीय सदस्यसमेत भएका छन् । निर्वाचित कतिपय शिक्षकले राजीनामासमेत दिएका छन् ।

एमालेको चितवन महाधिवेशनमा प्रतिनिधिका एक दर्जनभन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए । एमाले दशौँ महाधिवेशनमा समेत शिक्षकहरू केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी थिए । भर्खरै सम्पन्न राप्रपा अधिवेशनमा भने शिक्षक प्रतिनिधि नल्याएको नेता मोहन श्रेष्ठले दाबी गरे ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पार्टीका प्रतिनिधि भएर आएका शिक्षकका विषयमा केही उजुरीसमेत परेको र यसमा सम्बन्धित विद्यालय तथा जिल्ला शिक्षा विकास समन्वय एकाइबाट कारबाही प्रक्रिया अघि बढेको बताए । त्रिभुवन विश्वविद्यालयले समेत राजनीतिक गतिविधिमा लागेका शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

माओवादी महाधिवेशन प्रतिनिधि शिक्षकहरू

शंकरबहादुर अधिकारी, काठमाडौं
झपेन्द्रबहादुर क्षेत्री, बाग्लुङ
ऋषि काफ्ले, चितवन
प्रा।डा। राजनप्रसाद पोखरेल, त्रिवि
प्रा।डा। सूर्यबहादुर थापा, त्रिवि
प्रा।डा। अर्जुन बास्तोला, त्रिवि
डा। जगतकृष्ण श्रेष्ठ, त्रिवि
डा। हरिराम पराजुली, त्रिवि
डा। खेमराज जोशी, पोखरा विश्वविद्यालय
कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरू

युवराज बस्नेत, ताप्लेजुङ
शिला इजम, ताप्लेजुङ
रीता सेनेहाङ, ताप्लेजुङ
वीरेन्द्रकुमार खड्का, पाँचथर
गोपाल पोखरेल, पाँचथर
आशा आङ्देम्बे, पाँचथर
उद्धव पौडेल, इलाम
हरिप्रसाद लुइँटेल, इलाम
पूर्णप्रसाद गौतम, इलाम
तेजप्रसाद चौलागाईं, झापा
शान्ता निरौला, झापा
थिरेन्द्रबहादुर लिम्बु, धनकुटा
गंगाराम ढुंगाना, धनकुटा
मात्रिका न्यौपाने, मोरङ
अंशु ठाकुर, मोरङ
थिरबहादुर राई, संखुवासभा
चन्द्रकुमार घुन्डे, संखुवासभा
बद्रीनारायण चौधरी, सुनसरी
टेकनारायण कार्की, तेह्रथुम
तिलक कटुवाल, उदयपुर
सीता स्माइली मगर, उदयपुर
सरस्वती ढुंगाना, उदयपुर
तस्बिरा तामाङ, उदयपुर
निलमकुमारी यादव, सप्तरी
निर्मलाकुमारी यादव, सप्तरी
राजदेव मण्डल, सिराहा
मेघनाथ यादव, धनुषा
रामकृपालप्रसाद यादव, रौतहट
राममंगलप्रसाद यादव, रौतहट
ओमप्रकाश महतो, रौतहट
देवेन्द्र गिरी, बारा
प्रेमप्रसाद भट्टराई, सिन्धुली
रमेशप्रसाद गौतम, सिन्धुली
नृप भुजेल, सिन्धुली
अरुणकुमार थिङ, सिन्धुली
यशोदा कोइराला, सिन्धुली
सम्झना भोलन, सिन्धुली
सुशीला थिङ, सिन्धुली
गीता सिवाकोटी, दोलखा
सिर्जना सुवेदी, दोलखा
सिर्जना अधिकारी, काठमाडौं
मनमैयाँ गिरी, काठमाडौं
तारा बुढाथोकी, काठमाडौं
रुक्मणी गिरी, काठमाडौं
सुदर्शन घिमिरे, ललितपुर
रञ्जना कक्षपति, भक्तपुर
देवी बुर्लाकोटी, धादिङ
शुभलक्ष्मी मानन्धर, काभ्रेपलाञ्चोक
सबिता गुरुङ, सिन्धुपाल्चोक
शर्मिता घिमिरे, सिन्धुपाल्चोक
शिरोमणि लामिछाने, कास्की
किशोरदत्त बराल, कास्की
कुलदेवी बराल, कास्की
चिनु पोखरेल, तनहुँ
नारायणी अधिकारी, तनहुँ
लक्ष्मी रेग्मी, स्याङ्जा
भरतप्रसाद लम्साल, स्याङ्जा
यज्ञप्रसाद घले, मनाङ
कुलप्रसाद उपाध्याय, पर्वत
वसन्तबहादुर सिके, पर्वत
उमाकान्त पौडेल, बाग्लुङ
सागर खरेल, बाग्लुङ
बेमकुमारी थापा, बाग्लुङ
नारायण शर्मा पौडेल, बाग्लुङ
विष्णु पाण्डे, नवलपरासी
चन्दबहादुर राना, नवलपरासी
बालकृष्ण घिमिरे, नवलपरासी
दीपक विक, लमजुङ
नुरमोहम्मद मियाँ, लमजुङ
राजु गुरुङ, लमजुङ
दुर्गा न्यौपाने, कपिलवस्तु
तनुश्री भण्डारी, कपिलवस्तु
गोपाल भण्डारी, कपिलवस्तु
धनकला भण्डारी, गुल्मी
प्रेमनारायण भण्डारी, गुल्मी
हिमकला राना, गुल्मी
हिरासिंह सराङकोटी, गुल्मी
रामबहादुर विक, गुल्मी
मीना राना, गुल्मी
मानबहादुर राहडी, गुल्मी
कौरव खत्री, गुल्मी
कुलप्रसाद लामिछाने, रुपन्देही
नन्दराम भट्टराई, अर्घाखाँची
सावित्रा अधिकारी, प्युठान
सुशीला सुवेदी, दाङ
कल्याणकुमार विक, रुकुम पूर्व
पवनकुमार यादव, बाँके
ज्ञानेन्द्र रावल, बर्दिया
देवकीनन्दन त्रिपाठी, बर्दिया
लक्ष्मण कार्की, डोल्पा
हिमाली शाह, डोल्पा
मधु बस्नेत शाही, हुम्ला
जुनराज हमाल, हुम्ला
तीर्थजंग शाही, सुर्खेत
झकबहादुर डाँगी, सुर्खेत
मैना विक, सुर्खेत
अरुणा महत, दैलेख
भीमकुमारी भण्डारी, दैलेख
इलम शाही, जाजरकोट
पदमराज अधिकारी, अछाम
वसन्ती विष्ट, अछाम
मीरा खड्का, अछाम
दुर्गा विक।, अछाम
शान्ति गिरी, बझाङ
हरीशचन्द्र राना, कञ्चनपुर
एमाले महाधिवेशन प्रतिनिधि शिक्षक

धर्मसिंह विश्वकर्मा, डोटी
कृष्णकुमार खड्का, धनकुटा
भागरथी धामी, धनकुटा
सुभद्रा बन्जारा, पर्सा
नन्दराम देवकोटा
आयोगको निर्देशनसमेत टेरेनन्
निर्वाचन आयोगले गत ८ मंसिरमा दर्ता कायम रहेका सबै दललाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार बहालवाला प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई सदस्यता वितरण नगर्नरनगराउन निर्देशन दिएको थियो । तर, ठूला दलहरूले नै आयोगको निर्देशन अटेर गरी सदस्यता वितरण मात्र होइन, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा विभिन्न कमिटीमा राखेका छन् ।

केही राजीनामा दिने पनि छन्
दलका अधिवेशन सुरु भएसँगै राजीनामा दिने क्रम पनि बढेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार विगतमा भन्दा तीन महिनायता शिक्षकको राजीनामा दिने क्रम बढेको छ । अहिले प्रतिमहिना साढे तीन सयको हाराहारीले राष्ट्रिय किताबखाना ९शिक्षक०मा राजीनामा दिएको पाइएको उनले बताए । राजनीतिक गतिविधिमा संलग्न हुनेहरूले समेत राजीनामा दिएको हुन सक्ने उनको भनाइ छ । कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार प्रमोदहरि गुरागाईंले त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएका छन् ।





error: Content is protected !!