अत्यधिक चिसो सँगै हिमपातले जनजीवन प्रभावित

जाजरकोट /  गएराती देखि लगातार परेको पानीका कारण जाजरकोट रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ ।
उपल्लो डोल्पा , मध्य डोल्पा , जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी रहेको छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । विहानै देखि यि जिल्लाको चहलपहल ठप्प भएको त्यहाँ स्थित प्रहरीले बताएका छन् । पानी परेसँगै कत्तै खुसी समेत छाएको छ ।


आकाशे पानीको भरमा लगाएको गहुँ , तरकारीबालीमा राहत भएको छ । उच्च मागमा भने जनजीवन कष्टकर भएको डोल्पा कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो । विहानै घास संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाइ खुवाउने आहारामा भने समस्या भएको छ ।
चिसो अत्यधिक बढेको ठाउँमा विद्यालय समेत खुल्न मुस्किल हुने पालिका स्तरिय शिक्षा इकाइले बताएका छन् । नियमित पानी परेका कारण यातायात सेवा समेत प्रभावित भएको छ ।

 





error: Content is protected !!