माओवादीको महाधिवेशनस्थलमा प्रचण्डको कटआउट

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुरु भएको छ ।

महाधिवेशन स्थलबाहिर प्रज्ञा प्रतिष्ठान परिसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटआउट राखिएको छ । जहाँ माओवादी नेता कार्यकर्ताले प्रचण्डको कटआउटसँगै उभिएर तस्वीर खिचाउने गर्छन् ।

यसअघि गत असोजमा नेकपा एमालेको विधान महाधिवेशनस्थल ललितपुरको गोदावरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको विषयले चर्चा पाएको थियो । अहिले माओवादी केन्द्रको महाधिवेशनमा पनि प्रचण्डको कटआउट राखिएपछि कतिपयले कम्युनिस्ट पार्टी नीति केन्द्रित नभएर नेता केन्द्रित भएको टिप्पणी गरेका छन् ।

 





error: Content is protected !!