पुस मशान्त भित्र सकिदैँ टेष्ट अडिट टनेल

हेमन्त केसी
जाजरकोट ः स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको ट्रस्ट एडिट टनेलको काम पुस मशान्त सम्मा सम्पन्न हुने आयोजनाले जनाएको छ ।
आयोजनाको विद्युत उत्पादन गृह इलमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कुल ४०० मिटर लम्वाइ रहेको नुमना परिक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ । जाजरकोट – डोल्पा ( भेरी करिडोर ) सडक खण्ड अन्तरर्गत जोडिएको त्रिवेणी देखि जगदुल्ला गाउँपालिका –१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाइ ६ महिना भित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निर्मित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताउनुभयो ।
आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरि मुआव्जा समेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर)को काम समेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको निर्मित कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो ।

आयोजनाको वातावरणीय अध्ययन कार्यको प्रतिबेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरि त्यसको सार्बजनिक सुनवाई बाधस्थल (जगदुल्ला गाउपलिका–४ माझगाउ), सुक्खा तटीयक्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र बिद्युत गृह स्थल (मुड्केचुला गाउँपालिका–४ ईल) मा पौष २,४ र ६ सार्वजानिक सुनुवाइ गरिसकेको छ । आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिबेदन माघ महिना भित्र पेश गरि चैत महिना भित्र वातावणीय अध्ययनको अन्तिम प्रतिबेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको विद्युत उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन । विद्युत खरिद बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य काम जारी रहेका छ । वृत व्यवस्थापनका लागि बिभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना स्थल सम्म जान र आउनका लागि इल,निल दहमा पुल आयोजना आफँैले निर्माण गर्ने भएको छ । जाजरकोट –डोल्पा सडक खण्डको त्रिवणीबाट –इल सम्माको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आवह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिएपनि ठेकेदारको ढिलासुस्तीले बल्ल सुरु गर्न लागिएको छ ।
वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँग मुख्य परामर्शदाता , ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडी बढाइ आउँदो आर्थिक वर्ष देखि निर्माण कार्य सुरु गर्ने आयोजनाको दावी छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनौटको बोलपत्र सम्बन्धि कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निर्मित कार्यकारी प्रमुख सापकोटाले जानकारी दिनुभयो । विद्युत खरिद विक्रीका लागि नेपाल विद्युत प्राधिकरण समक्ष प्रतिबेदन पेश गर्नुका साथै स्वीकृत गरेर खरिद विक्रीको सम्झौता समेत तीन महिना भित्र गरिसक्ने लक्ष्य रहेको छ ।










