हेलिकोप्टरबाट डोजर ढुवानी गरि सिस्ने हिमालको काखमा सडक

जाजरकोट / सडकको अस्थायी ट्याक खोल्नका लागि रुकुम पश्चिम आठबीसकोट नगरपालिकाले हेलिकोप्टरबाट डोजर ढुवानी गरिरहेको छ ।
अप्ठ्यारो भुगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरि सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा लिएर सडकको ट्याक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोट भित्र अहिले सम्मा ३०० किलोमिटर ट्याक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो । नगरपालिकाको वडा ३ मा रहेको डोजरलाइ हेलिकोप्टरमा ढुवानी गरी वडा १ मा लिइ सडक निर्माणको कामलाइ तिव्रता दिन लागिएको छ । सर्बसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो ।
नगरपालिकाको वडा ३ खदी सम्मा सडकको अस्थायी ट्याक खुलेको र बाँकी वडा १ को उमाखोला , सिस्ने हिमालको काखमा रहेका चैतेखारा , फिलिगे , रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा भएकाले भारी मात्रामा चिसो समेत हुने गर्दछ ।











