उत्पादन बढाउन माटो जाँच

डोल्पा ःतल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाले कृषकको उत्पादन बढाइ आर्थिक लाभ गराउनका लागि माटो जाँच तथा हिउँदे फलफूल काँटछाँट कार्य सुरु गरेको छ ।

 ९ वटा वडामा पुस ६ देखि १४ गते सम्मा सबै वडाहरुमा शिविर राखेर उक्त अभियान सञ्चालन गरिएको कृषि शाखा प्रमुख श्रवणकुमार बुढाले जानकारी दिनुभयो । माटो जाँच गराउनका लागि फलफुलको लागि २, ३ फुट गहिरो र अन्य बालीका लागि ९ फुट देखि १२ इन्च गहिरो खाडल खनेर ५०० ग्राम माटो निकालि शिविरमा जाँच गराउने काम भएको छ प्रमुख बुढाले भन्नुभयो , ‘ हामी माटोको अवस्था पत्ता लगाइ कृषकलाइ सोही अनुसारको सल्लाह दिइरहेका छौँ , हामीले सधै आयात गरेको अन्न र फलफल मात्र खाएर हुँदैन , आफैपनि आत्मनिर्भर बन्नु पर्छ ’।

जाँच पछि माटोको अमलिय पनबारे जानकारी सँगै सोही अनुसारको जात सिफारिस गर्न सजिलो हुने कार्यालयले अपेक्षा गरेको छ । मुड्केचुलामा स्याउ , ओखर र अमिलो लगाएतका विरुवा बढी पाइने गर्दछ । वर्षेनी घट्दै गएको उत्पादनलाइ माटो जाँच गरि उत्पालनलाइ बढाएर नतिजामुखी बनाउनका लागि यो कामको सुरुवात गरिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो ।

जाजरकोटसँग सिमामा जोडिएको यस पालिकामाको जाजरकोटसँग अधिकांश भुभागको हावापानी मिल्ने गर्दछ । सबै भन्दा कम खाद्यान्न आयात गर्ने पालिकाको रुपमा समेत पर्दछ । यहाँको मुख्यबाली मकै , गहुँ हो । पछिल्लो समय गाउँपालिकाको पहलमा फलफुल खेतीलाइ समेत जोड दिइएको छ । तीन वर्ष अघि लगाएको स्याउँ अहिले फल समेत समेत पालिकाले जनाएको छ । मुड्केचुलाको स्याउले बजार सम्मा स्थान पाएको उहाँले बताउनुभयो । हामीले लगानी उत्पादन र दिगो विकासलाइ ध्यान दिएका छौँ , अध्यक्ष शाहीले भन्नुभयो ।





error: Content is protected !!