जित र हारमा रुमलिएका मुख्यमन्त्री काठमाडौँमा ः यत्ता कर्णालीका जनता दैनिक सरकारी कार्यालय आउदै , विना काम फर्कदै

सुर्खेत ः कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भए यत्ताका समयहरु वैठक ,समेनार र दलको कार्यक्रमलाइ मात्र ध्यान दिदा कर्णाली प्रदेशबाट हुने सबै जनताका काम अवरुद्ध हुँदै आएका छन् ।

सरकार देखि बाहिर हुँदा खुबै माओवादी नेतृत्वको सरकारलाइ आचोचना गरि नथाक्ने मुख्यमन्त्री जीवनबहादुर शाही अहिले जनताको समस्याबाट भागिरहेका छन् । दैनिक कर्मचारीले काम पाएका छैन , जनताहरु जिल्ला सदरमुकाम आएर काम नभएर फर्किरहेका छन् तर शाही सरकार भने काठमाडौँमा सभामा रुमलिँदा अनाआवश्यकको समय चौपट भइरहेको सर्बसाधारणको तर्क छ । माओवादी र नेकपा ( एकीकृत समाजबादी) पार्टीको वैशाखीमा अडिएको शाही सरकार काम भन्दा पनि दिन कटाउने अभिनयमा लागेको प्रमुख प्रतिपक्ष दलका नेताहरुले बताउने गरेका छन् । केही सरकारी कार्यालयका कर्मचारीले तलव समेत बुझन नपाएको गुनासो गरेका छन् ।

हुम्लाका जीते कामी बेपता हुँदा शाही सरकार एक शब्द खर्च गरेको देखिदैन । विकास निर्माण गर्ने समयमा फजुलमा समय खर्च गर्ने तर असारमा आएर भए भरको बजेट खन्याएर कार्यक्रता पोषना यो चालबाजी त होइन ? भन्ने आकलन गर्न थालिएको छ । सुरुमा आफूलाइ मुख्यमन्त्री बनाउनका लागि सामाजिक सञ्जाल देखि शक्ति केन्द्र धाएका शाही अहिले मुख्यमन्त्री बनेपछि जनताको समस्य भन्दा पनि कसरी आफूलाइ बढी मन्त्री लिने भन्नेमा मात्र केन्द्रीत हुदा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

कांग्रेसको आन्तरिक चुनावमा हार बेर्होरेका शाही सरकारमा समेत असफल हुने हुन कि भन्ने आशंका देखिएको छ । कहिले हुम्लामा चिनले सिमाना मिचेको त कहिले माओवादी सरकारको आलोचना गदै दिन बिताउने शाही अब आफूले के गदैछन् त ? प्रश्न उठीरहेको छ ।





error: Content is protected !!