आगो निभाउन खोज्दा मृत्यु

जाजरकोट , जंगलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका – १ हुरीकोटका ६० बर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटमा आगो निभाउदै गर्दा लडेर गम्भीर घाइते लामालाइ हेलिकोप्टर नेपालगन्ज पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयबासी टेकबहादुर शाहीले बताउनुभयो ।

हेलिकोप्टर भाडा समेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्य भएको शाहीले बताउनुभयो । लामाको गएराती मृत्यु भएको हो ।





error: Content is protected !!