कर्णाली प्रदेशले आठ बुद्धे घोषणा पत्र जारी गर्दै प्रथम प्रदेश अधिवेशन सम्पन्न

जाजरकोट ः शनिबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम मंगलबार  सम्पन्न भएको छ । सम्मेलनले २११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको छ । निकै सकसपूर्ण वातावरणमा पनि सम्मेलनबाट सर्वसम्मत कमिटी चयन गर्न सफल भएको हो ।

शनिबार र आइतबार मात्र गर्ने भनिएको सम्मेलन नेतृत्व चयनमा सकस भएपछि २ दिन ढिला हुन पुगेको थियो । नवनिर्वाचित प्रदेश समितिको बैठकबाट पदाधिकारी टुंगो भने भोलि बुधबार लाग्नेछ । त्यसका लागि बुधबार बिहान ११ बजे प्रथम बैठक तय गरिएको छ । सोही बैठकले पदाधिकारीको टुङ्गो लगाउने माओवादी केन्द्रका एक नेताले  जानकारी दिए । यस्तै प्रदेश अध्यक्षमा कर्णाली प्रदेश सरकारकी पूर्वमन्त्री समेत रहेकी विमला केसी अगाडि आउने सम्भावना धेरै छ ।

यसअघि कर्णाली सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाही र वर्तमान अध्यक्ष राजकुमार शर्माको नाम चर्चामा थियो । अन्तमा आएर केसीनै अध्यक्षमा आउने सम्भावना बढेको एक नेताले  बताए । केसी पनि रुकुम पश्चिम कै हुन् । यसअघि पनि अध्यक्ष रुकुम पश्चिमले नै पाएको थियो भने यो पटक पनि अध्यक्ष पद करिब रुकुम पश्चिम नै जाने सम्भावना बढेको हो ।  उनले भने, ‘सम्मेलनले केन्द्रीय सदस्य भएको व्यक्ति प्रदेशमा कोही नबस्ने भनिएको छ ।’ यस्तै प्रदेश  अधिवेशन  ले आठ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।

 अधिवेशनले मुगु¸ जाजरकोट¸ सल्यान, रुकुम लगायत कर्णाली प्रदेशका विभिन्न स्थानमा भएका सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षती भएको घटनाप्रति अधिवेशनले दुख व्यक्त गर्नुका साथ घटनाबाट प्रभावित नागरिकहरुलाई उपचार¸ उचित राहतको अविलम्ब व्यवस्था गर्न र सडक सुधार योजना कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

कोभिड १९ र यसको पछिल्लो भेरियन्ट ओमिक्रोनको सम्भावित घातक प्रभावलाई समेत मध्यनजर गर्दै यसको रोकथाम¸ नियन्त्रण¸ उपचारको प्रभावकारी व्यवस्था गर्न र सम्पूर्ण नागरिकलाई अबिलम्व खोपको व्यवस्था गर्न सबै तहका सरकारसँग जाडदार माग गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

हालै पेट्रालियम पदार्थलगायत उपभोग्य सामाग्रीहरुमा भएको मुल्यबृद्धि नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको छ । जनयुद्ध¸ जनआन्दोलन¸ प्रदेश प्राप्तिको आन्दोलनलगायत परिवर्तनकारी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहीद तथा वेपत्ता योद्धाका परिवारजन¸ घाइते योद्धाहरुको राहत र पुनर्स्थापनाका लागि संघीय र प्रदेश सरकारले चालु आवको बजेटबाट गरेको सम्बोधनको लागि धन्यवाद दिँदै थप सम्मान, राहत, संरक्षण र पुनस्थापनाको उचित व्यवस्थापन गर्न संघीय र प्रदेश सरकारसँग माग गरिएको छ ।

जनयुद्ध लडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने जनमुक्ति सेनाका योद्धाहरुको उचित सम्मानको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेको छ । मुगु, जुम्ला हुम्ला लगायत प्रदेशका बिभिन्न स्थानमा भएको आगलागी, बाढी पहिरो जस्ता विपदका घटनाप्रति दुख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका लागि यो सम्मेलन संघीय र प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

प्रचुर संभावनायुक्त तर मावन विकास सुचकांकमा पछि परेको कर्णाली प्रदेशको समृद्धि र विकासका लागि विशेष नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको इन्चार्ज बस्नेतले बताउनुभयो ।





error: Content is protected !!