कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ ः निधि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले महाधिवेशनपछि पाँच दलीय गठबन्धनबाट अन्य नेता वा कांग्रेसकै अरु कोही व्यक्ति प्रधानमन्त्री हुने बताएका हुन् ।

यो महाधिवेशनले नयाँ नेतृत्व ल्याउँछ र सरकार पनि परिवर्तन हुन्छ । सरकार परिवर्तन हुँदा पाँच दलीय गठबन्धनबाट वा कांग्रेसबाटै कोही प्रधानमन्त्री हुनेछ, निधिले भने ।

 आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पार्टीको सभापतिमा हारे भोलिपल्टैबाट हारेको शेरबहादुरले प्रधानमन्त्री रहन नपाउने भन्दै होहल्ला सुरु हुने भएकोले आफूले जित्नैपर्ने दबाब रहेको बताएका थिए ।





error: Content is protected !!