विश्व घटनाः आजको दिनमा यस्ता घटना भएका थिए

काठमाडौं ः आज १२ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम ।

अमेरिकामा समलिंगी मेयर
सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी मेयर निर्वाचित भएका थिए । एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको मेयरमा निर्वाचित भएका थिए ।

इटालीको बैंकमा शक्तिशाली बिस्फोट
सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम बिस्फोट भएको थियो । बिस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए ।

बेलायतबाट केन्या स्वतन्त्र
सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो । केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो ।

अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य
सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको हो । देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य





error: Content is protected !!