प्रधानमन्त्री र चार पूर्व प्रधानमन्त्रीहरू एउटै मञ्चमा

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा चार पूर्वप्रधानमन्त्रीहरूले उपस्थिति जनाएका छन्। पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्प कमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधव कुमार नेपालले उपस्थिति जनाएका हुन्। लामो अन्तरालपछि यसरी पूर्व प्रधानमन्त्रीहरु एउटै मञ्चमा बस्ने अवसर जुरेको हो।

मञ्चको अग्रपंत्तिमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्व प्रधानमन्त्रीहरुलाई राखिएको छ। आजदेखि सुरु भएको कांग्रेसको महाधिवेशनको उद्घाटन पार्टी सभापति देउवाले गरेका छन्।





error: Content is protected !!