उपल्लो डोल्पामा प्रकृतिले बनाउछ घरभित्रै नाकाबन्दी

हेमन्त केसी
डोल्पा –  चारैतीर सेताम्य हिमाल , बीचमा सम्मा परेका हिउँमय फाँटहरु ! देख्दा आहा लागेपनि त्यो क्षणहरु मै पीडाको रुपमा रुपान्तरण हुने गर्दछ । सबैको रोजाइमा घुम्नका लागि रमाइलो ,मनोरम रुपमा रोजाइ भएपनि वर्षेनी उपल्लो डोल्पामा बसीरहेका सर्बसाधारणको पीडा भने नगन्य रहदै आएको छ ।

राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रर्णालीका कारण राज्यले राज्यको अनुभूती गराउन नसकेको डोल्पाबासी बताउँछन् । मध्यपहाड र तराइका क्षेत्रमा तीन प्रकारको मौसम पाइएपनि उपल्लो डोल्पामा सधैं एकै नासको हुने गर्दछ । झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउदै आएको छ ।

डोल्पोबुद्ध गाउँपालिका –१ धो मा बस्दै आएका पेमा गुरुङ भन्नुहुन्छ , ‘ पशुचौपायलाइ उवाको जम्मा गरि राखेको पराल खुवाउने र सर्बसाधारणहरु घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता छ । छिमेकी गाउँहरुमा जान सक्ने अवस्था छैन , हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिदैन । ’ यहाँका सर्बसाधारणहरु बिरामी भएमा डोकोमा बेकेर दिनुपर्ने अवस्था छ पेमाले भन्नुभयो ।


चिसोका कारण उपल्लो डोल्पाका ७ वटा प्रहरी चौकी समेत सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाविला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै भारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षा विहिन अवस्थामा रहेको पेमाले भन्नुभयोे । हुने खानेहरु सदरमुकाम दुनै लगाएका अन्य देशका बिभिन्न ठाउँमा झरिसकेका छन् , गरिवहरु मात्र हिउँको खालमा बस्न बाध्य भएको उपल्लो डोल्पाका नागरिकले बताएका छन् ।

गर्भवती , सुत्केरी र बालबालिकालाइ चिसोले भारी समस्य बनाउने गरेको छ । सञ्चार सम्पर्क गर्न समेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा चार महिना नियमित लगाउने खोप सेवा समेत बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमख सिंहराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो , ‘ हिउँले बाटोभरी बन्द छ , हेलिकोप्टरमा खोप लिन सक्ने हाम्रो क्षमता छैन । कम्तिमा चार महिना त पुरै खोप बन्द हुने गर्दछ । ’ चिसो मौसममा पुग्ने गरि खाना जम्मा गरेर उपल्लो डोल्पाका सर्बसाधारणले राखेको सर्बसाधारणहरु बताउँछन् । उपल्लो डोल्पामा सञ्चालनमा रहेका सरकारी कार्यालय , स्थानीय तहका कर्मचारीहरु समेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन् । चिनसँग सिमाना जोडिएको उपल्लो डोल्पाका सर्वसाधारणहरु सिमानाका नागरिक सुरक्षाकर्मी भएको केही दिन अघि डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्षा प्रचण्डले बताएका थिए ।

उपल्लो डोल्पाका तीन पालिकालाइ छुट्टै क्षेत्र बनाएर राज्यले सेवा सुविधा दिनुपर्ने समेत यहाँका नागरिकले अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । सो कुरालाइ अध्यक्ष प्रचण्डले सही कुराको उठान भएकोले आफूले पहल गर्ने समेत बताएका थिए । डोल्पा तीनवटा हावापानी भएको जिल्ला हो । उपल्लो डोल्पा सधैं चिसो र हिउँले सेताम्य हुन्छ । मध्य डोल्पा मध्य खालको मौसम हुने गर्दछ । तल्लो डोल्पा जाजरकोटसँग मिल्दोजुल्दो मौसम पाइने गर्दछ । यहाँको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जमा समेत चिसो मौसममा बन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरु समेत चिसोले प्रभावित हुने गरेका छन् । सुरक्षाको कारण देखाउदै सुलिगाडमा भारिएको कार्यालय अहिले सम्मा उपल्लो डोल्पामा सार्न नसकिएको निकुन्जले बताएको छ ।

उपल्लो डोल्पामा चिसो मौसयमा स्वास्थ्य संस्था सम्मा विरामी लिन नसक्दा स्थानीय आम्चीद्धारा उपचार कार्य गरिरहेका सर्बसाधारणले बताएका छन् । स्थानीय जडीवुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ । हिउँ चितुवा लगाएका संरक्षित जनावरहरु उपल्लो डोल्पामै पाइन्छ ।

हिउँका कारण विकास निर्माणमा बाधा
उपल्लो डोल्पामा हिमपातका कारण विद्यालय समेत बन्द गरिएको छ । हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्ने छन् । अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन् । चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन् । उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ । आर्थिक वर्ष समेत बदल्नु पर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन् ।





error: Content is protected !!