मुसीकोट दुर्घटनाः ४० घाइतेहरूको नामावली

रुकुम पश्चिम ः रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ मा भएको बस दुर्घटनामा ४० जना घाईते भएका छन् । जसमा १० जनाको अवस्था गम्भिर छ । गम्भिर घाइते मध्ये केहीलाई थप उपचारका लागि नेपालगञ्ज र केहीलाई जिल्लाकै चौरजहारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ बाट मुसीकोट १ को घिमाने फर्किरहेको जन्ति बोकेको रा १ ख २१०९ नम्बरको बस मुसीकोट २ को बरेली बजार नजिकै हिजो साँझ दुर्घटनामा परेको थियो ।

एम के अटो पार्टस
दुर्घटनामा परी गम्भिर घाइते हुनेमा मुसीकोट नगरपालिका वडा नम्बर १ का ४८ वर्षिय शुशिल थापा, यसै वडाका ४१ वर्षिय मानवहादुर ओली, मुसीकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष ५० वर्षिय बिरबल केसी, मुसीकोट १ कै २१ वर्षिय नवराज खड्का, २५ वर्षिया बिमला खत्री, २३ वर्षिय प्रेम केसी, ४८ वर्षिय टेकबहादुर बस्नेत, ४८ वर्षिय चोपबहादुर खत्री र वडा नम्बर १ कै बुधुराम खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

त्यस्तै सामान्य घाइते हुनेमा मुसीकोट नगरपालिका वडा नम्बर १ का लोकबहादुर केसी, सानीभेरी गाउँपालिका वडा नम्बर १४ का भिमराज कलेल, मुसीकोट नगरपालिका वडा नम्बर १ का भानु केसी, मुसीकोट १ कै सुजन केसी, विकास भण्डारी, मुसीकोट ६ का ध्रुबराज बोहरा, मुसीकोट १ का विशाल केसी, मदन केसी, मानवहादुर ओली, शुशिल थापा, वडा नम्बर ९ का डिल्लीरमण ओली, मुसीकोट १ का सुजन केसी, नुनबहादुर खत्री र रामबहादुर खत्री रहनुभएको छ ।

मुसीकोट १ कै गोकर्ण बुढाथोकी, केदार खत्री, टेकबहादुर केसी, कालीबहादुर खत्री, नरेन्द्र खड्का, अमरबहादुर खड्का, पुर्णबहादुर खत्री, शेरबहादुर खत्री, ओपेन्द्र केसी, दीक्षित ढकाल र बाँफिकोट गाउँपालिका २ की दीपा पौडेल पनि दुर्घटनामा परी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मुसीकोट नगरपालिका वडा नम्बर ६ का बसन्त खड्का, सोही ठाउँका कृष्णबहादुर केसी, निराजन भण्डारी र शिव गिरी पनि घाइते भएको र अवस्था सामान्य रहेको छ । बस चालक सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ शंखमुलका दोजबहादुर भण्डारी फरार रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।





error: Content is protected !!