एमाले केन्द्रीय कमिटी सदस्यमा युवानेता सिपी घर्तीको उम्मेदवारी घोषणा

जाजरकोट ः नेकपा एमालेका युवा नेता चन्द्रप्रकाश घर्तीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । घर्तीले चितवनमा हुन लागेको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफूले आदीवासी जनजाती खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली राजनीतिमा युवा सहभागीता, जनआधारित विशाल पार्टी र समृद्ध राष्ट्र निर्माणमा आफ्नो प्रतिवद्धता व्यक्त गर्दै युवानेता घर्तीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बिद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको विदेश बिभाग प्रमुख भएर काम गरेका घर्ती युवा बिद्यार्थीहरुमाझ लोकप्रीय छन् । जिल्लावासीले निकै रुचाएका युवा नेता घर्तीले पार्टीसंगठनको काममा बिभिन्न देशको भ्रमण गरीसकेका छन् ।

उनि हाल नेकपा एमाले जिल्ला कमिटी जाजरकोटको सचिव, पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य र सदरमुकाम खलंगाको नगरप्रमुख रहेका छन् ।
खेलकुद क्षेत्रामा समेत निकै अगाडी रहेका युवा नेता घर्ती नेपाल गोजुरीयो कराँते दो संघका केन्द्रिय अध्यक्ष र एशियन कराते महासंघका रेफ्री  (Judge A)हुन् ।

‘मैले विद्यार्थी राजनीति गरेँ । पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेको छु, मैले ग्राउण्ड लेवलको राजनीतिमा लामो समय लगाएको छु, मलाई पार्टीका नेता कार्यकर्ता साथीहरुले नजिकबाट बुझ्नुभएको छ, त्यही आधारमा सबैको साथ सहयोग पाउँछु भन्ने आशा लिएको छु,’ घर्तीले भने ।





error: Content is protected !!