बेदराज सिंह कांग्रेस सभापतिमा सर्बसहमत

जाजरकोट ः नेपाली कांग्रेसको १४ औं अधिबेशनबाट बेदराज सिंहलाइ सर्बसहमतीको रुपमा सभापतिमा चयान गरिएको स्रोतले बताएको छ ।
सहमतिको प्रयास जारी भनिएपनि भित्र बेदराज सिंहको नाममा सहमती भइसकेको स्रोतले बताएको छ । त्यस्तै उपसभापतिमा महेन्द्रबहादुर शाह , खडक विसी , सचिवमा तेजविक्रम शाह ,हरिचन्द्र बस्नेत , सहसचिवमा छवि पन्त र कर्णबहादुर खड्काको नाममा सहभति भइसकेको बताएको छ ।
यद्यपी यो समाचार तयार पर्दा सम्म घोषण भने हुन सकेको छैन । सर्वसहती भनिएपनि केही युवा नेताहरुले असमहती जनाएका छन् ।










