किन पीडा व्यक्त गर्छन कांग्रेसका यूवा नेताहरु

जाजरकोट ः नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन चल्दै गर्दा यूवा पिडीका आशा लाग्दा व्यक्तिले निरासा व्यक्त गर्न सामाजिक सञ्जाल प्रयोग गरेका छन् । प्रेस यूनियानका केन्द्रीय सदस्य राजेन्द्र कार्की , युवा नेता किशोर मल्ल लगाएतले सामाजिक सञ्जालमा असन्तुष्टि ब्यक्त गरेका छन् ।

पत्रकार कार्कीले लेख्नुभएको छ , अहिले गुट प्यारो पछि जुट प्यारो । फेरी कार्कीले थप्नुभएको छ , चाकडी, चाप्लुसी र खुराफाती हाम्रा आदर्श हुन । हामिले नै संसार थामेका छौ । भट्टी पसल तिर सुनेको । उहाँको यो प्रतिक्रियाले यूवाहरुलाइ गुटमा बिभाजन गरी नेतृत्व हत्याएको भन्दै प्रतिक्रिया सार्वजानिक भएको छ । त्यस्तै अर्का किशोर मल्लले लेख्नुभएको छ , नेपाली काङ्ग्रेस जाजरकोटको १४ औं जिल्ला अधिबेशन 🙏आज साच्चै हिन्ताबोध भएको छ ।

किनभने काङ्ग्रेस भएकै कारण बाबू गुमाइयो ब्यक्तिगत जीवन धरासायी बनाइयो ।फुल्दै गरेको कलिलो उमेर काङ्ग्रेस निर्माणमा बित्यो तर आज केहि सिमित मान्छेहरु जो लोकतान्त्रिक पद्धतिको निर्बाचन प्रणाली बाट डराएर टास्ने काम भो यो प्रति हामी सबै लोकतन्त्रका पक्षधर मर्माहत भयका छौ ।पार्टी नेतृत्वले त्याग लगानी क्षमता समर्पण र योगदानको आज ठुलो मुल्य चुकायको छ । निर्बाचित जिल्ला सभापति अन्य पदाधिकारी क्षेत्रीय सभापति र अन्य सबै साथीहरूलाई हार्दिक बधाई छ।बाकी टासिंएको कुनै पनि पदमा नरहने कुरा समेत जानकारी गर्दछु । जय नेपाल ।।।।





error: Content is protected !!