नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको वैठक सम्पन्न , सदस्यता देखि महाधिवेशन सम्माको छलफल

सुर्खेत ः नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशको वैठक सम्पन्न भएको छ । पार्टी सदस्यता नविकरण , महाधिवेशनका लागि तयारीका लागि व्यापक छलफल भएको छ ।
जोम तथा भौतिक रुपमा उपस्थित भएर वैठक गरिएको माओवादी केन्द्रले जनाएको छ । वैठकमा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत , अध्यक्ष राजकुमार शर्मा , सचिव रामदिप आचार्य लगाएतको नेताहरु प्रदेश राजधानी सर्खेतबाट जोम बैठकमा सहभागी भएका थिए । अन्य प्रदेश कमिटिका सदस्य तथा नेताहरु जोम मार्फत वैठकमा सहभागीता जनाएका थिए ।










