नेकपा ( एमाले ) जाजरकोटले महाअधिवेशन प्रनिनिधि छनोट सर्बसहमतीबाट

जाजरकोट , २७ कात्तिक ः नेकपा ( एमाले ) जाजरकोटले १० औं राष्टिय महाअधिवेशन प्रनिनिधि छनोट सर्बसहमतीबाट गरेको छ ।
आज छनोट भएका प्रतिनिधिहरुमा करबीर शाही , लालबहादुर महतारा , डम्वर सिंह , कौशिलावती खत्री , सिपि घर्ती , बेदबहादुर शाही , प्रेमप्रसाद घर्ती , नवेन्द्र नेपाली र हरिकला जैसी रहेका छन् । दुइ दिन सम्मा भएको छलफलबाट आज सर्बसहमतीबाट नेतृत्व छनोट भएको निर्बाचन मण्डलका संयोजक हेरम्वबहादुर शाहले बताए ।
करबीर शाही कर्णाली प्रदेश सभा सदस्य ( जाजरकोट ख) , महतारा छेडागाड नगरपालिकाका नगरप्रमुख , कौशिलावती खत्री प्रदेशसभा समानुपातिक सदस्य , भेरी नगरपालिकाका नगरप्रमुख सिपि घर्ती रहेका छन् । न्युजकारखाना










