विरोधीका प्यारा किन भए सांसद गणेश

सञ्जय केसी
हरेक राजनीतिक उतारचढाव आउदा एकले अर्कालाइ घोचपेच हुने नेपाली राजनीतिको चरित्र रहदै आएको छ । बिधि भन्दा बाहिर गएर काम गर्ने देखि अनाआवश्यक दबाब दिएर काम गर्न बाध्य पर्ने राजनीतिक संस्कारको विकास भएको समयमा जाजरकोट क्षेत्र नं १ का प्रदेशसभा सदस्या गणेशप्रसाद सिंह भने विरोधीको नै प्यारो बन्दै गएका छन् ।

माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य भएपनि उहाँलाइ नेपाली कांग्रेस र नेकपा एमालेका आम कार्यक्रताले औधी रुचाउने गरेका छन् । हरेक सुख,दुखमा जनताको घर दैलोमा पुग्ने र जतीबेला सम्पर्क गर्न खोज्दा पनि सजिलै सम्पर्कमा आउने सिंह सजिला नेता मध्यमा पर्ने गरेको नेकपा एमाले नलगाड नगरकमिटिका सदस्य जसुन्त खत्री बताउँछन् । सबै नागरिक र राजनीतिक दलका कार्यक्रताको काम विभेद नगरी फत्ते गरिदिने सिंहका बाँनीका कारण सबैका प्यारो भएको फरक दलका कार्यक्रताहरु बताउँछन् ।

पूर्वी जाजरकोटको बारेकोट गाउँपालिकाको सार्कीटोलमा भएको दुखद घटनामा राहत वितरण देखि फिल्डमै जाने देखि जाजरकोटका टेलिफोन टावर निर्माणमा सक्रियाता देखाउने सिंह सबैका प्यारा बन्न पुगेका हुन् । पत्रकार रशेम खड्काका भन्दछन् , हामी त पश्चिम जाजरकोटका जनता हौँ तर सिंह पुर्वीमा माननीय हुनुहुन्छ तर हाम्रो ठाउँको विकास निर्माणमा उहाँको ठुलो हात रहदै आएको छ । हाम्रो गाउँको टेलिफोन टावर सांसद सिंह र तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नभएको भए सम्भव नै थिएन । हुन त हाम्रो ठाउँका सांसद करबीर शाही हुन् । तर हाम्रो काम सांसद गणेशले गर्दै आउनुभएको छ । उहाँमा पुर्व र पश्चिम भने छुट्याउने बाँनी नै छ्रैन । जती बेला सम्पर्क गर्न खोजेपनि सजिलै सम्पर्क हुन्छ उहाँसँग । त्यस्तै पत्रकार यज्ञ खत्री भन्छन् , सुर्खेतमा आफू जाजरकोटी भएकाले खोजी , खोजी के छ समस्य भन्नुहोस यज्ञ जी भन्दै सम्पर्क गर्दा असाध्या खुसी लाग्ने गरेको छ ।

जिल्ला हुने हरेक कुरामा समेत अग्रणी चासो लिने सिंह कुरा सजिलै बुझने नेता मध्य परेको सुरक्षा अधिकारी समेत बताउँछन् । मनमा पाप नभएका र सिधै कुरा गर्ने स्वाभाका कारण सिंह सबैको प्यारो बनेको नेकपा ( एकीकृत समाबादी) का उपाध्यक्ष कमान खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , उहाँसँग काम गर्दा कहिले पनि समस्या भएन । सदरमुकाममा होटल व्यावसाय गर्दै आएका लोकबहादुर खत्री भन्नुहुन्छ , गणेश माननीय जस्तो सजिलो , सबैले रुचाउने नेता अहिले सम्मा देखेको छैन ।

त्यसैले छिटै मन्त्री बनेर आउनुहोला भनि शुभकामना दिएको छु । नेकपा ( माओवादी केन्द्र) जाजरकोटका संयोजक ढकबीर रानाले प्रत्यक्ष निर्बाचित व्यक्ति भएकाले मन्त्री बन्दा राम्रो हुने र सोही अनुसार जाजरकोट भागमा मन्त्री जसरी नि दिनुपर्छ भनि आफूले प्रदेश इन्चार्जलाइ फोन गरेको बताउनुभयो । जाजरकोटले मन्त्री पाए चुनाव देखि अन्य समयमा समेत राम्रो सहयोग पुग्ने उहाँको भनाइ छ । समाजबादी विद्यार्थी संगठनका नेता प्रदिप खड्काले माननीय गणेश सिंह मन्त्री बन्नुपर्ने र उहाँ भएमा सबैलाइ सहयोग पुग्ने बताउनुभयो ।





error: Content is protected !!