वैज्ञानिकले खोजे त्यस्तो ब्रेन सेन्सर, जसले मानिसलाई अग्लो बनाउँछ

फिलिपा रक्सबी (बीबीसी)

वैज्ञानिकका अनुसार वितगतका तुलनामा मानिसहरु अग्लो हुने र बाल्यावस्थाबाट चाँडै युवावस्थामा पुग्ने रहस्यलाई अब मानिसको दिमागमा रहेको एक सेन्सरका माध्यमबाट बुझ्न सकिने भएको छ।

बीसौं शताब्दीमा पोषणसम्बन्धी स्वास्थ्यमा सुधार हुनाले बेलायतका मानिसको औसत उचाइ ३ दशमलव ९ इन्च बढेको थियो। जबकि अन्य देशका मानिसको उचाइ ७ दशमलव ८ इन्च (२० सेन्टिमिटर) बढेको थियो।

तर, वास्तविक रुपमा यस्तो कसरी हुन्छ भन्ने कुरालाई भने अहलेसम्म बुझ्न सकिएको थिएन। बेलायतका शोधकर्ताको भनाइ छ कि यो नयाँ खोजले मांशपेसी बलियो बनाउने र विस्तारै लम्बाइ बढाउने औषधि बनाउने बाटो खुल्न सक्छ।

वैज्ञानिकलाई पहिलेदेखि नै थाहा थियो कि राम्रो खानपान र नियमित आहार लिने मानिस अग्लो र चाँडै परिपक्व हुन्छन्। उदाहरणका लागि दक्षिण कोरिया एक गरिब देशबाट विकसित देश बनेपछि त्यहाँका वयस्कको उचाइ पहिलेको तुलनामा बढेको छ। यस्तै, दक्षिण एसिया र अफ्रिकाका धेरै ठाउँका मानिसक अहिले पनि १०० वर्ष पहिलेको तुलनामा थोरै मात्रै बढी अग्लो छन्।

दिमागको एक भाग ुहाइपोथाइलेमसुसम्म भोजनबाट संकेत पुग्ने जानकारी पहिलेदेखि नै छ। यो संकेतले दिमागलाई शरीरका पोषणसम्बन्धी स्वास्थ्यका बारेमा बताउँछ र शरीरको विकास तीव्र गराउँछ।

विज्ञान तथा शोधसम्बन्धी पत्रिका ुनेचरुमा यसका विषयमा एक नयाँ अध्ययन प्रकाशित भएको छ। यो शोध क्याम्ब्रिज युनिभर्सिटीका वैज्ञानिकको नेतृत्वमा भयो। यसमा लण्डनको क्वीन मेरी युनिभर्सिटी, ब्रिस्टल युनिभर्सिटी, मिसिगन युनिभर्सिटीका टिमले सहयोग गरेका छन्।

यो शोधको माध्यमबाट यस प्रक्रियाबाट बन्ने रिसेप्टरको खोजी गरिएको हो, जसलाई एमसी३आर नामबाट जान्न सकिन्छ। भोजन र यौवनका साथै शरीरको लम्बाइ बढाउने बीच यो रिसेप्टर एक महत्वपूर्ण कडी हो।

यस अध्ययनका लेखक तथा क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर सर स्टिफन ओराहिलीले भने, ुयसले शरीरलाई बताउँछ कि, शरीर राम्रो अवस्थामा छ। शरीरमा पर्याप्त भोजन छ। त्यसैले चाँडै बढ र चाँडै जवान भएर धेरै बच्चा जन्माऊ।ु

ओराहिली अगाडि भन्छन्, ुयो जादू मात्र होइन। यो कसरी हुन्छ, त्यसको पूरा खाका हामीसँग छ।ु

शोध गर्नेहरुका अनुसार जब दिमागी रिसेप्टरले मानिसमा सामान्य ढंगले काम गर्दैन, तब मानिसको लम्बाइ कम रहन्छ। साथै अन्यका तुलनामा कम उचाइ भएकाहरु ढिलोगरी जवान हुन्छन्।

यो टिमले युके बायोबैंक (आनुवांशिक तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्कको डाटाबेस)सँग जोडिएका करिब पाँच लाख स्वयंसेवकको आनुवंशिक बनावटको अध्ययन गरेर खोजेका नतिजा सही रहेको निष्कर्ष निकालेको हो।

शोधमा कति बच्चाको जिनमा म्युटेशन (परिवर्तन) देखियो, जसले उनीहरुको दिमागी रिसेप्टरलाई बोध गराएको थियो। यस्ता सबै बच्चामा जीनको असर कम उमेरमै देखिन सुरु भयो र यी बच्चाहरु कदमा होचा र कम तौलका थिए।

शोध गर्ने टिमलाई एक यस्तो व्यक्ति पनि भेटिए जसमा एमसी३आर जिनको दुवैतिर म्युटेसन पाइयो। यस्तो बद्लाव अत्यन्तै दुर्लभ र हानिकारक हो। यी व्यक्ति कदमा धेरै छोटो थिए भने यौवनमा आउने बद्लाव २० वर्षपछि मात्रै देखिएको थियो।

यस्तो मानिसमा मात्रै हुन्छ भन्ने हुँदैन। शोधकर्ताले मुसामा समेत अध्ययन गरेर पुष्टि गरेका छन् कि जनावरमा पनि यही कुरा लागू हुन्छ।

शोधकर्ता ओराहिलीले भने, भविष्यमा हुनेवाला शोधमा यो पत्ता लगाउनुपर्छ कि बिरामी व्यक्तिको शारीरिक क्षमता सुधार्नका लागि एमसी३आर सक्रिय गराउने औषधिको प्रयोगबाट मांसपेशी मजबुत बनाउन सकियोस्।ु

वैज्ञानिकले पहिले नै एक ब्रेन रिसेप्टरको पहिचान गरेका थिए, जसले भोक नियन्त्रण गर्छ। यसलाई एमसी४आर भनिन्छ। जुन व्यक्तिमा यो रिसेप्टरको कमी हुन्छ, उनीहरु सामान्यतया मोटो हुन्छन्।

मानिस अग्लो हुने पनि एक सीमा हुन्छ। मानिसहरु त्यतिसम्म मात्रै अग्लो हुन्छन्, जति उनीहरुको आनुवंशिक क्षमता हुन्छ। यो क्षामता कति हुन्छ भनेर तय गर्नका लागि स्वास्थ्य र आहारजस्ता कारकको धेरै ठूलो प्रभाव रहन्छ।

गरिब परिवारमा जन्मिएको बच्चलाई पर्याप्त भोजन र क्यालोरी मिल्यो भने त्यस्तो बच्चा आफ्नो आमा–बाबु र बाजे–बज्यैबाट बिरासतमा मिलेको ुलम्बाइुसम्म बढ्न सक्छन्। अग्ला मानिसहरु आमरुपमा लामो समयसम्म बाँच्छन्। अग्ला मानिसहरुलाई मुटुसम्बन्धी समस्याबाट पीडित हुने आशंका पनि कम हुन्छ। साथै यस्ता मानिसहरुले अन्यको तुलनामा धेरै कमाइ गर्ने सम्भावना पनि हुन्छ।

यद्यपि मानिसको लम्बाइ सधै बढी नै रहन सक्दैन। पछिल्लो सताब्दीमा युरोपमा केही अन्य देशका जस्तै बेलायतका मानिसहरुको पनि औषत लम्बाइ बढेको छ। तर, पछिल्ला १० वर्षको संकेत छ कि अब औषत लम्बाइ बढेको छैन।

पछिल्लो शताब्दीमा विश्वामा सवैभन्दा धेरै लम्बाइ दक्षिण कोरियाकी महिला र इरानका पुरुषको बढेको छ।

अहिलेको तथ्यांकअनुसार सबैभन्दा अग्ला नेदरल्यान्डमा जन्मिने पुरुष (१८२।४ सेन्टिमिटर) हुन्छन् र सबैभन्दा होचा ग्वाटेमालामा जन्मिने महिला (१४० सेन्टिमिटर) हुन्छन्।





error: Content is protected !!