तिहार पछि मन्त्रीमण्डल विस्तार , माओवादीले टुङ्याउदै मन्त्रीको नाम

सञ्जय केसी
सुर्खेत ः कर्णाली प्रदेश सरकारले तिहार पछि मात्र मन्त्रीपरिषद विस्तार गर्ने भएको छ । स्रोतका अनुसार मन्त्री हुनेको टुङ्गो लागेपनि मन्त्रालयको टुङ्गो नलागेका कारण मन्त्री परिषद विस्तारमा ढिलाइ भएको छ ।
तिहार लगत्तै सरकारमा जाने मन्त्री र मन्त्रालयको टुङ्गो लाग्ने स्रोतले बताएको छ । माओवादीले चार मन्त्रालय दाबी गरेको छ । सांसद संख्याका आधारमा मन्त्री पाउनुपर्ने माओवादीको अडान रहेको छ । माओवादीबाट जाजरकोट ( क) का सांसद गणेसप्रसाद सिंह , सुर्खेतका सांसद विन्धमान विष्टको नाम मन्त्रीको लागि टुङ्ग्याएको छ । डोल्पाका बीरबहादुर शाहीको नाम समेत लिष्टमा रहेको स्रोतले बताएको छ । जाजरकोटका अधिकांश नेता कार्यक्रताले अध्यक्ष प्रचण्ड , नेता शक्ति बस्नेत र जर्नादन शर्मालाइ फोन गरेर सांसद सिंहलाइ मन्त्री बनाउन दवाव दिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो । त्यस्तै गृहजिल्ला जाजरकोट रहेका माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेतलाइ समेत दबाब दिएको उहाँको सचिबालयले बताएको छ ।

बिन्धमान विष्ट महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएको समयमा समेत मन्त्री बनाउने पहिलो लिष्टमा नाम रहेको थियो । सांसद सिंह यो भन्दा अगाडी अर्थ समितिका सभापती हुनुहुन्थ्यो । प्रत्यक्ष निर्बाचित सांसद सिंह जिल्लामा सबैले रुचाउने र जनमत भारी भएका नेता मध्यमा पर्दछन् । जाजरकोट क्षेत्र नं १ माओवादीले भारी भोट ल्याएर विगतबाटै जित्दै आएको छ । नलगाड नगरपालिका निबासी सिंह कम्युन अभ्यास भएको सिर्के ऐरारी बिवासी हुन् ।
प्रचण्डले समेत रुचाएका नेता र बचनमा समेत प्रतिवद्ध नेता मध्य पर्दछन् । अघिल्लो चुनावमा समेत सिंहलाइ चुनाव जित्ने आधार स्पष्ट भएपछि मात्र टिकट दिइएको थियो । सिंह भन्दा अर्को व्यक्तिलाइ टिकट दिएको भए चुनाव जित्न मुस्किल हुने भएपछि टिकट दिइएको थियो । अहिले पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री शर्माका समेत विश्वस पात्रका रुपमा सिंहलाइ हेरिएको छ । हरेक निर्णय गर्दा र जनताको घरदैलोमा भारी पटक पुग्ने सिंह नेतृत्वको आदेशमा मात्र काम गर्ने व्यक्ति हुन् । उनलाइ मन्त्री भएको हेर्ने धोको रहेको जाजरकोटबासी बताउँछन् ।
कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेतले समेत जाजरकोटले मन्त्री पाउने र त्यो मन्त्री गणेस सिंह नै हुने बताउनुभयो । जिल्लाको विकास निर्माणमा समेत सिंहले भारी काम गरेको सर्वसाधारण बताउँछन् । प्रदेश मताहातका आधा दर्जन सडक निर्माणधिण अवस्था रहका छन् । जिल्लाका कार्यप्रमुखले समेत विकास निर्माणमा र कर्मचारीलाइ काम गर्न निकै सजिलो बनाउने नेता मध्यमा १ नम्वरमा सिंह नै आउने बताएका छन् । कृषि विकास कार्यालय , विद्युत प्रधिकरण स्वास्थ्य सेवा कार्यालय ,भौतिक पूर्वाधार र खानेपानी कार्यालयका प्रमुखले समेत सांसद सिंहको काम गर्ने तरिका राम्रो भएको बताएका छन् ।
सांसद सिंहलाइ मन्त्रीमा नाम भएको खवर पाए लगत्तै हामीले सम्पर्क गर्दा उहाँले भन्नुभयो । पार्टीले गर्ने निर्णय हो , म मान्न तयार छु र पार्टीले मलाइ न्याय गर्नेले छ विश्वासमा छु भन्नुभयो । उहाँले थ्पनुभयो , अहिले म सुर्खेतमै छु तिहार भएकाले आज जाजरकोट जाने कार्यक्रम रहेको छ ।










