कर्णाली प्रदेश सरकारमा जाजरकोटको प्रतिनिधित्व हुनुपर्ने माग

जाजरकोट ः महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले राजीनामा गरेसँगै कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा जाजरकोटबाट मन्त्री पाउनुपर्ने माग उठेको छ ।
४४ महिना सम्मा जाजरकोटलाइ मन्त्री नदिएकोले पो पटक जाजरकोटले पाउनुपर्ने दबाब बढेको छ । कांग्रेस , माओवादी र एसको सत्ता समिकरणबाट कांग्रेसले सत्ताको चापी लिदै छ । कर्णाली प्रदेशको माओवादीका इन्चार्ज शक्तिबहादुर बस्नेत जाजरकोटकै भएका कारण यो पटक जाजरकोटले मन्त्री पाउने माग बढेको हो । अर्थमन्त्री जनार्दन शर्मा कर्णालीका इन्चार्ज हुँदा विमला केसी र गोपाल शर्मा लाइ मन्त्री बनाएका थिए ।
जाजरकोटले त्यो बेला देखि भाग पाएको छैन । हाल जाजरकोटले मन्त्री पाउनै पर्ने माग सर्बसाधारणले सामाजिक सञ्जाल देखि भेटेरै पनि दबाब दिइरहेका छन् । जाजरकोटबाट प्रत्यक्ष निर्बाचित सांसद गणेसप्रसाद सिंहको नाम मन्त्रीको चर्चामा रहेको छ । महिलालाइ प्रतिनिधित्व गरेमा कृष्ण शाह पनि समेटन् सकिने बहस उठेको छ ।
सांसद सिंहलाइ मन्त्री यो पटक नवनाएमा त्यसको ठुलो घाटा हुने समेत एमाले , माओवादी र कांग्रेसकै कार्यक्रताहरु बताउँछन् । भारी मात्रामा त्याग गर्ने नेतामा सिंह पर्दछन् ।








